पत्रकारहरुलाई संसदीय रिपोटिङ्ग सम्बन्धी तालिम

पत्रकारहरुलाई संसदीय रिपोटिङ्ग सम्बन्धी तालिम


६ नंम्बर प्रदेशको अस्थायी मुकाम सुर्खेतका पत्रकारहरुलाई संसदीय मामिला तथा स्थानीय सरकार सम्बन्धी रिपोर्टिङ्ग तालिम दिइएको छ ।
लेकवेसी नगरपालिकाको सहयोगमा यहाँको क्रियाशील पत्रकार मञ्च नेपालले पत्रकारहरुलाई उक्त तालिमको आयोजना गरेको हो । दुई दिने तालिमको मंगलबार उद्घाटन गर्दै सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का सांसद धु्रबकुमार शाहीले देशको नयाँ संरचनासंगै नयाँ कुराको अभ्यास गरिएको हुँदा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ्ग तालिम महत्वपूर्ण भएको बताए । उनले उनले संसदीय मामिला र स्थानीय सरकारले गरेको गतिविधिहरु कसरी जनता समक्ष ल्याउने भन्ने सवालमा तालिमले पत्रकारहरुलाई मार्गदर्शन गराउने विश्वास व्यक्त गरे । उनले जनतालाई जागरुक गराउने सञ्चारकर्मीले संसद र स्थानीय सरकारले गरिरहेका कामहरुप्रति निरन्तर खबरदारी गर्नुपर्ने सुझा दिए । लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले संसदका कुरा आफ्ना जनता सामू सही ढंग पु¥याउन पत्रकारहरुलाई सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले तालिमले पत्रकारहरुको क्षमता अभिबृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । महासंघका निवर्तमान कोषाध्यक्ष सूर्यमणि गौतमले दक्ष सञ्चारकर्मीबाट मात्रै पत्रकारिताले परिवर्तन ल्याउने सक्ने बताउँदै त्यसका लागि राज्यका सबै तले पत्रकारिताको विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिए ।
तालिममा संसदीय मामिला पत्रकार समाज अध्यक्ष राजेन्द्र फूयालले प्रशिक्षण दिएका छन । तालिममा विभिन्न सञ्चार माध्यमसंग आवद्धभई सुर्खेतमा कार्यरत ३० जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया