ग्रामिण बजारमा अखाद्य बस्तुको विगविगी

ग्रामिण बजारमा अखाद्य बस्तुको विगविगी

जिल्लाका व्यापारिक केन्द्रहरुमा गरिने बजार अनुगमनले निरन्तरता नपाउँदा अखाद्य बस्तुको विगविगी बढेको छ । बेला बेला जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति लगाएतका सरकारी तथा गैससहरुले बजार अनुगमन गरेको भएपनि निरन्तरता नहुँदा बजारमा अखाद्य बस्तुको विगविगी बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले बेला बेला गर्ने बजार अनुगमनले अखाद्य बस्तुको विक्री वितरण रोकिएको छैन् । त्यो संगै स्थानीय तहहरुमा जनप्रतिनीधि आएको ९ महिना बितिसक्दा समेत स्थानीय तहहरुले बजार अनुगमनको स्पष्ट खाका बनाउदा बजारमा लेबल नभएका खाद्य बस्तुको विक्री बढेको हो । सरकारले बनाएको ऐन कार्यान्वयनम नल्याउँदा समस्या उत्पन्न भएको उभोक्ताहरु बताउछन् ।

केही दिन अघि जिल्ला प्रशासन कार्यालय दैलेखको अगुवाईमा दैलेखको पश्चिममा पर्ने राकमकर्णाली बजारमा गरेको अनुगमनमा व्यवसायीले लेबल नभएका सामान बिक्री गरेको भेटिएको छ । बजार अनुगमन समितिका संयोजक तथा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटा सहितको टोलीले उक्त बजारमा अनुगमन गरेको थियो ।

स्थानीय तहहरुले बजार अनुगमन गर्नका लागि कुनै पनि पक्रिया अगाडी नबढाएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा राकमकर्णाली बजारमा दुई दर्जन बढी खुद्रा खाद्यान्न पसको अनुगमन गरेका थियो । अनुगमन गरिएका पसलहरुमा लेबल नभएका र म्याद नाघेका खाद्य बस्तु विक्री गरेकोे भेटिएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिएका छन् । उक्त बजारमा हाल सम्म अनुगमन भएको थिएन् । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा राकमबजारमा पहिलो पटक अनुगमन गरिएको थियो ।

बिशेषगरी मसला, बेसार, चाउचाऊ, पाउरोटी, तेलको बट्टा, बिस्कुटलगायत खाद्यवस्तुमा लेबल नराखी बिक्री गरेको देवकोटाले जानकारी दिएका छन् । यस्तै स्थानीय बजारहरुमा रेष्टुरेन्ट, पसल, साना व्यपारी तथा होल व्यवशायीले ईजाजत नलिई मदिरा बिक्री वितरण गरिरहेका छन् । बजार अनुगमनको क्रममा एउटा शीर्षकमा व्यवशाय दर्ता गरि एकै पसलबाट मदिरा, खाद्य, अखाद्य, किराना औषधी, विषाधी आदी बिक्री गरिरहेको पाईएकोले अलग अलग राखी बिक्री गर्न निर्देशन दिईएको बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार यो समस्या दैलेख सदरमुकाम लगाएत जिल्लाका विभिन्न स्थानीय बजारहरुमा छ ।

राकमकर्णाली बजार मात्रै नभई दैलेख जिल्लाका अन्य ग्रामिण बजारहरुमा मूल्य र मिति नतोकिएका सामग्री छ्याप्छ्याप्ती हुँदा उपभोक्ता मारमा परेको उपभोक्ताकर्मीहरु बताउँछन । खाद्य ऐन हुँदाहुँदै पनि पूर्ण कार्यान्वयनमा ल्याउन नसक्दा उपभोक्ताको अधिकार हनन गरिरहेको उपभोक्ताहरु बताउछन् । ‘भन्सारबाट खुलेआम अखाद्य तथा लेवल नभएका साम्री भित्रिएका छन तर सरकार तथा त्यसका सरोकारवाला निकाय मुकदर्शक भएर वसेका छन,’ राकमका अर्जुन शाहीले भने ‘जवसम्म भन्सारमा कडाई गरिँदैन तवसम्म उपभोक्ता ठगिइरहन्छन ।’ स्थानीय तहहरुले ग्रामिण बजारहरुमा अनुगमन गर्न नसकको उनको आरोप छ ।

अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाका अनुसार भ्याट वा प्यानको प्रमाणपत्र लिन, साइनबोर्ड राख्न, खाद्य अनुज्ञापत्र पेस गर्न र सरसफाइमा सुधार गर्न समेत निर्देशन दिइएको छ । अनुगमनका क्रममा सबै जसो पसलहरुमा म्याद नाघेको बस्तु विक्री वितरण गरेको भेटिएको छ । देशमा खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्ने जिम्मेवारी भएको सरकारी निकाय भएपनि बजारमा भने खुलेयाम अस्वच्छ र स्तरहीन खाद्य वस्तु विक्री भइरहेको छ ।

सहरी क्षेत्रका उपभोक्ता सचेत हुन थालेपछि स्तरहीन खाद्य पदार्थ बेच्नेहरूले दुर्गम पहाडका गाउँलेलाई ठग्न थालेका स्थानीय उपभोक्तहरु बताउछन् । सडेका दाल चामलका साथै म्याद गुज्रेका चाउचाउ लगायतका तयारी खानेकुरा पनि सरकारी निगरानी कमजोर रहेको पहाडी क्षेत्रमा पुर्याएर बेच्ने गरिएको छ । यस्ता पदार्थ मानवीय उपभोगका लागि अनुचित मानिन्छ र स्वास्थ्यका लागि विषतुल्य हुन्छन् । धेरै नाफा कमाउने लोभमा व्यापारीले विष बेचिरहेका र सरकार चाहिँ मूलतः तमासा हेरेर बसिरहेको स्थानीय उपभोक्ता नैन बहादुर शाहीले बताए । उपभोक्तामा खाद्य चेतना र सरकारको निगरानी प्रभावकारी भएका समाजमा विषतुल्य भइसकेका खाद्य पदार्थ खुलेयाम बेचिने गरेको उनले बताए ।

राकमकर्णाली बजारमा अनुगमनमा लागि पुगेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आठवीस नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई बेला बेला बजार अनुगमन गर्न आग्रह गरेका छन् । आठवीस नगरपालिका नगर प्रमुख खड्गराज उपाध्यायले स्थानीय तहले बजार अनुगमन सम्बन्धि स्पष्ट मापदण्ड बनाउने बताए । प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले स्थानीय तह भित्र रहेका बजारहरुमा अनुगमनका लागि स्थानीय तहका वडा तह देखि नगरपालिकाले नै तदारुकता दिने बताए ।

प्रतिक्रिया