विपन्न परिवारलाई बाख्रा पैंचो कार्यक्रम

विपन्न परिवारलाई बाख्रा पैंचो कार्यक्रम

दैलेख पौष १७, दैलेख जिल्लाकाे आठविस नगरपालिकामा संचालित साकार परियोजनाले विपन्न परिवारलाई बाख्रा पंंैचो कार्यक्रम संचालन गरेको छ । डिसिएको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित उत्थानशिल जिविकोपार्जनका लागि सामुदायिक अनुकुलन क्षमता अभिबृद्धि परियोजना (साकार) ले आठवीस नगरपालिकाका विपन्न परिवारलाई बाख्रा पैंचो कार्यक्रम संचालन गरि वाख्रा वितरण गरेको हो । परियोजनाले आठवीस नगरका ६० घर परिवारलाई बाख्रा वितरण गरेको हो । अहिले बाख्रा लिएका कृषकको वाख्रावाट नयाँ पाठी भएपछि अर्को परिवारलाई हस्तान्तरण गरिने गरि समुदायलाई अभिमुखिकरण गरिएकोछ ।

वितरणाका लागि ल्याएका बाख्राहरूकाे विमा गरिदै
वितरणाका लागि ल्याएका बाख्राहरू
वितरणाका लागि ल्याएका बाख्राहरू

परियोजनाले बाख्रा पालन समूह मार्फत विपन्न परिवार छनौट गरि ६० घर परिवारलाई बाख्रा वितरण गरेको साकार परियोजनाका मार्केटिङ सुपरभाइजर अर्जुन शाहीले जानकारी दिएका छन् । उनका अनुसार प्रति परिवार ३ वटाका दरले बाख्रा वितरण गरिएको हो । विपन्न परिवारको आय स्तर उकास्ने उदेश्यले बाख्रा वितरण गरिएको परियोजनाले जनाएको छ ।
परियोजनाले बाख्रा दिएपछि खुसी हुँदै स्थानीय हिरा योगीले भनिन “अब बाख्रा पालनबाट मनग्य आम्दानी गर्ने बाटो खुलेको छ ।” एकल महिला समेत रहेकी योगीका अनुसार बाख्रा पालन समूहका आफु जस्तै अन्य विपन्न परिवारको आर्थिक स्तिथि सुधार गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । वितरण गरिएका सवै बाख्राकाे विमा गरिएकाेछ ।

 

प्रतिक्रिया