तरकारी खेतीबाट जिविकोपार्जन : एउटै नगरमा ६ सय ६२ कृषक तरकारी खेतीमा

तरकारी खेतीबाट जिविकोपार्जन : एउटै नगरमा ६ सय ६२ कृषक तरकारी खेतीमा

हिक्मत नेपाली

दैलेख पौष १७÷ ज्वाला सन्देश अनलाईन
आठवीस नगरपालिका राकमकर्णालीकी हस्तना बोहोरा एका विहानै तरकारी बारीमा भटिइन् । बिहानको कठ्याङग्रीदो चिसोमा टनेलमा फलेको टमाटर टिप्दै गरेकी हस्तनाको बारी भरि तरकारी मात्रै थिए । टमाटर टिप्दै गरेकी हस्तनालाई फलेको तरकारी बजार पु¥याउने हतार पनि उत्तीकै थियो ।
उनि जस्तै कालिका कृषक समूहकी नन्दकली माझी पनि तरकारी बारीमै उत्तिकै व्यस्त देखिन्थिन् । हस्तना र नन्दकली जस्तै आठवीस नगरपालिका वडा नं. ५ पिपलकोट छामका दल बहादुर वि.क.को दिनचर्या पनि उस्तै छ । एका विहानै उठ्छन र तरकारी बारी मै भुलिन्छन् । खिड्किजिउला देखि १ किलोमिटर उकोलो चढेर पुगीने छामका दल बहादुरले बारी भरि टमाटर, बेमौसमी मुला उब्जाएका छन् । एक बर्षमा २ लाख भन्दा बढी आम्दानी गर्ने गरेको दल बहादुरले बताए ।
दल बहादुर जस्तै आठवीस नगरको राकम छेउछाउका कृषकहरुलाई तरकारी हेरचाहा र गोडमेलले फुर्सद नै छैन् । जनचेतना कृषक समूहका हस्त माझी भन्छन् “हामीलाई तरकारी खेतीबाट नै जिविकोपार्जन गरिरहेका छौ ।”
तरकारी खेतीमा लागेका कृषकहरुले खेतीबाट नै राम्रो आम्दानी गरिरहेका छन् ।
आठवीस नगरपालिकाका सिगौडी, तिलेपाटा, पिपलकोट लगाएतका साविकका वडाहरुमा अहिले ६ सय ६२ कृषकहरु तरकारी खेती गरिरहेका छन् । तरकारी खेतीका लागि सामुहिक कृषक समूह बनाएका कृषकहरुले एक बर्षमा २ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् । तरकारी खेतीका लागि साकार परियोजनाले टनेल, तरकारीको विउ सहयोग गरेको छ । दैलेख जिल्लाका विभिन्न स्थानीय तहहरुमा लागु भएको डिसिएको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा संचालित उत्थानशिल जिविकोपार्जन सामुदायिक अनुकुलन क्षमता अभिबृद्धि परियोजना (साकार) ले कृषकहरुको जिविकोपार्जनका लागि तरकारी खेतीमा सहयोग गरेका परियोजनका मार्केटिङ सुपरभाइजर अर्जुन शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार परियोजनाले आठवीस नगरपालिकाको वडा नं. ४ राकमकर्णाली, सिगौडी, पिपलकोट, तिलेपाटा लगाएतका स्थानमा तरकारी खेतीका लागि कृषकहरुलाई सहयोग गर्दै आएको छ । उनका अनुसार कृषकहरुलाई टनेल, विउ लगाएतका सामग्री प्रदान गरिएको छ । स्थानीय कृषकहरुलाई तरकारी खेतीमा विपत्त जोखिम न्यूनिकरण सम्बन्धी जानकारीमूलक शिक्षा दिने गरिएको छ । आठवीस नगरका विभिन्न वडामा अहिले १९ वटा कृषक समूह र ४ वटा बाख्रा पालन समूह बनाइएको छ । कृषक समूह मार्फत तरकारी खेतीमा लागेको कृषक दल बहादुर वि.क.का अनुसार उत्पादित कृषि जन्य तरकारी बस्तु विक्री वितरणका लागि पनि समस्या नभएको बताए ।

 

प्रतिक्रिया