बार्षिक उपलब्धी सार्वजनिक

बार्षिक उपलब्धी सार्वजनिक

दैलेख पौष १८, आवाज संस्था फिल्ड कार्यालय दुल्लूले दुल्लू नगरपालिका वडा नं. ४, ५ र १० मा सञ्चालित बाल÷जवरजस्ती विवाह निर्मुल परियोजना अन्तरगत एक बर्षको उपलब्धी सार्वजनिक गरेको छ । सोमवार दुल्लुमा गरेको पत्रकार सम्मेलनमा परियोजनाले २०१७ अगस्ट देखी २०१७ डिसेम्वर सम्म सञ्चालन गरिएका क्रियाकलापहरु र भएका उपलब्धीहरुर्कोे उदेश्यहरु सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा संस्थाका कार्यक्रम अधिकृत सेरबहादुर कुमालले संस्थाले गरेका उपलब्धीहरु सार्वजनिक गरेका थिए । आवाज संस्थाका कार्यक्रम लागुभएका वडाहरुमा गरेका मुख्यकामहरुमा नगर स्तरिय अभिमुखीकर गोष्ठी, वडा स्तरिय अभिमुखीकर गोष्ठी अन्तरक्रिया कार्यक्रम, सिएफएसअभिमुखिकर, बाल सुलभ केन्द्र सञ्चालन, बिद्यालय व्यवस्थापन समिति र अभिभावक संग अन्तरक्रिया कार्यक्रम रहेको कार्यक्रम अधिकृत कुमालले जानकारी दिए ।
यस्तै बालविवाह निर्मुल पार्नका लागि वालबिवाह विरुद्ध लड्ने दाईभाई समुह गठन, नगरस्तरिय युवासमूह गठन, नगर स्तरिय भाईबहिनी समुह गठन गरेको छ । आवाज संस्थाको आयोजनामा १६ दिने लैगिंक हिंसाबिरुद्धको अभियानमा ¥यालीसहित सचेतनामुलक अभियान समेत संचालन गरिएको थियो ।
संस्थाले बालवालिकामा चेतना फैलाउनको लागि वालसुलभ केन्द्रहरुविच नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गदै प्रतियोगितामा सहभागि विद्यार्थीलाई पुरस्कार वितरण समेत गरेको थियो । समाजमै सबैभन्दा धेरै समस्यामा आइरहेको वालविवाह निर्मुलीकरण गर्नको लागि आवाज संस्था दुल्लूमा सञ्चालन आए देखी आवाज संस्थाको पहलमा १३ वटा वालविवाह रोकेको कार्यक्रम अधिकृत कुमालले जानकारी दिए । उनले आवाज संस्थाले गरेका कामहरुमा मनोसामाजिक बिमर्स सेवा प्रदान , वडा स्तरिय बाल संरक्षण समिति गठन र अन्तरक्रिया , बिद्यालयका बालवालिकाहरुलाई मनोविमर्स सेवा प्रदान लगाएत बिद्यालयहरुमा बाल तथा जवरजस्ती विबाहले मानव जीवनमा पार्ने नकारात्मक प्रभावहरुको बारमा बिद्यालयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको तथ्याङ्क सार्वजनिक गरेका थिए । कार्यक्रम अधिकृत कुमालले वालविबाह निमुल पार्नको लागि सक्रिय रुपमा लागेपनि सम्वन्धीत निकायले चासो र सहयोग नगर्दा समस्या हुने गरेको बताए । वालविवाह निमुल पार्नको लागि सबै सारेकारवाला , सञ्चारकर्मी, नागरिक कर्मीहरु एक जुट भएर लागेमा मात्र उद्येश्यमा पुग्न सकिने उनले बताए ।
आवाज संस्था पिल्ड कार्यालय दुल्लूले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, महिला तथा बालवालिका कार्यालय, जिल्ला प्रहरी कार्यलय, इलाका प्रहरी कार्यालय दुल्लू, जिल्ला प्रशासन कार्यालय दैलेख र स्थानिय स्तरमा कार्यरत सरकारी तथा गैससहरुसंग समन्वय र सहकार्य गरेको छ ।
कार्यक्रम ECPAT  Luxembourg को आर्थिक सहयोग र आवाज संस्था फिल्ड कार्यालय दुल्लूको आयोजनामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया