सुत्केरीलाई सहयोग

सुत्केरीलाई सहयोग

दैलेख पौष १९, जिल्ला कारागार दैलेखमा सजाए भोगिरहेकी एक सुत्केरीलाई सहयोग गरिएको छ । बहुविवाहको मुद्धामा सजाए भोगिरहेकी छेडागाड नगरपालिका वडा नं. १ साल्म जाजरकोटकी २८ बर्षिया सरिता परियारलाई सहयोग गरिएको हो । गर्भवती अवस्थामा कारागारको सजाए भोगिरहेकी परियारलाई सुत्केरी व्यथा लागेपछि मंगलवार जिल्ला स्वास्थ्य कार्यालयमा भर्ना गरिएको थियो ।

 

मंगलवार देखि जिल्ला स्वास्थ्य कार्यालयमा भर्ना गरिएपनि बुधवार विहान १० बजे बच्चा जन्माएकी थिइन् । उनलाई दैलेखमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बल्याकेट सहयोग गरेको हो ।

सुत्केरी सरिता परियारलाई एक वटा बल्यांकेट, बच्चालाई दुई वटा बल्यांकेट सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला तथा बालबालिका केन्द्रकी वाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया