विद्यालयलाई जिल्ला शिक्षाको वेवास्ता : शिक्षा मन्त्रालयले पठाएको पत्रको सुनुवाई भएन् ।

विद्यालयलाई जिल्ला शिक्षाको वेवास्ता :  शिक्षा मन्त्रालयले पठाएको पत्रको सुनुवाई भएन् ।

फोटो – जिर्ण अवस्थामा रहेको विद्यालय भवन ।

हिक्मत परियार
दैलेख २० पौष –  दैलेख सदरमुकामबाट विकट मानिने भैरवी गाउँपालिका वडा नं. ६ घुम्नेखाली (कुसापनी) मा रहेका भक्ती आधारभुत विद्यालय स्थापना भएको १७ बर्ष सम्म पनि जिल्ला शिक्षा कार्यालय दैलेखले वेवास्ता गरेको पाइएको छ । २०५७ सालमा स्थापना भएको विद्यालयमा अहिले सम्म जिल्ला शिक्षा कार्यालय दैलेखबाट कुनै पनि भौतिक पूर्वाधार निर्माणका योजनाहरु नपरेको पाइएको हो । कक्षा १ देखि ५ (आधारभुत तह) सम्म पढाई हुने विद्यालयमा जिल्ला शिक्षा कार्यालय दैलेखले वेवास्ता गरेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष धिरेन्द्र सापकोटाले बताए ।

जिल्ला शिक्षा कार्यालय दैलेखले विद्यालय स्थापना भएपछि एक पटक शौचालय निर्माणको योजना दिए पनि त्यसबाहेक अन्य भवन निर्माणका योजनाहरु नपरेको सापकोटाले जानकारी दिएका छन् । उक्त शौचालय निर्माणका लागि शिक्षा कार्यालयले २ लाख ५० हजार रुपैया प्रदान गरेको थियो ।
विद्यालयमा ५ कक्षा सम्म पढाई हुने भएपनि ४ कोठे भवन मात्रै छ, सापकोटाले भने “४ कोठे भवन पनि जिर्ण भएकाले पठन पाठनमा समस्या भएको छ । ” उक्त भवन विश्व खाद्य कार्यक्रम र साविकको कुसापानी गाउँविकास समितिले स्थानीय स्रोतबाट निमार्ण गरेको थियो । ४ वटा कोठा रहेको भवनको पनि दुई वटा कोठा भत्किन लागेको छ । भवन अभावका कारण विद्यालयमा कार्यालय संचालन तथा खाजा पकाउनका लागि समस्या त छदै छ सापकोटाले भने “त्यसमाथी विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने ठेगान नै छैन् ।”
विद्यालय व्यवस्थापन समितिले पटक पटक जिल्ला शिक्षा कार्यालयमा भवन माग गरेको भएपनि जिल्ला शिक्षा कार्यालय दैलेखले वेवास्ता गरेको उनले जानकारी दिएका छन् ।

जिल्ला शिक्षा कार्यालय दैलेखले सूविधा सम्पन्न भवन र विगतका वर्षहरुमा भवन निर्माणका योजना परेको विद्यालयमा पटक पटक भवन निर्माणका योजना दिने गरेको भएपनि यो विद्यालयमा हाल सम्म कुनै पनि योजना नपरेको उनले गुनासो गरेका छन् । उक्त विद्यालय हेर्ने स्रोत केन्द्रले पनि पटक पटक विद्यालयको भवन निर्माणका लागि सिफासिर गरेको भएपनि सुनसुवाई नभएको उनले बताए । विद्यालय व्यवस्थापन समिति, स्थानीय स्रोत केन्द्र र अभिभावकहरुले पटक पटक भवन निर्माणको लागि आग्रह गरे पनि हाल सम्म सुवुवाई नभएको विद्यालयका अभिभावकहरु बताउछन् ।
यस्तै उक्त विद्यालयमा भवन निर्माणको योजना समावेश गराउन नेपाल सरकार शिक्षा मन्त्रालयले समेत पत्र पठाएको छ । शिक्षा मन्त्रालयले गत पौष ९ गते जिल्ला शिक्षा कार्यालय दैलेखलाई पत्र पठाएर दुर्गम स्थानमा रहेका विद्यालयमा गरिब, जनजाती र दलित विद्यार्थी अध्ययरत रहेको विद्यालय जिर्ण भवनमा संचालन भइरहेकोले आ.व. कार्यक्रममा दुई कोठे भवन निर्माण कार्यक्रममा समावेश गर्न निर्देशन दिएको छ । स्थानीय स्तरबाट गरिएको माग पुरा नभएपनि शिक्षा मन्त्रालयको ढोका सम्म पुग्दा समेत माग सुनुवाई नभएको विव्यस अध्यक्ष धिरेन्द्र सापकोटाले बताए । उनले विद्यालय राजनीतिक पूवाग्रहीको चपेटामा परेको गुनासो गरेका छन् । विद्यालयमा अहिले १ सय ४० जना बालबालिका अध्ययनर छन् । अहिले ३ जना राहत शिक्षक र १ जना कार्यालय सहायक मात्रै विद्यालय संचालन गरिरहेको सापकोटाले बताए ।

प्रतिक्रिया