“जनप्रतिनीधि संग विकास बहस”

“जनप्रतिनीधि संग विकास बहस”

दैलेख पौष २०
स्थानीय तह निर्वाचन सम्पन्न भएको आठ महिना वितिसकेको छ । स्थानीय तह पुर्नसंरचना पश्चात स्थानीय तहको निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनीधिहरुले काम थालिसकेका छन् । स्थानीय तहमा निर्वाचिन जनप्रतिनीधिहरुले बार्षिक निती तथा कार्यक्रम तय गरेर काम संचालन गरेको भएपनि अझै पनि कानुनी समस्याका कारण अलमलमा परेको बताएका छन् । महावुगाउँपालिकामा गरिएको “जनप्रतिनीधि संग विकास बहस” कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले स्थानीय तहमा संचालन गरिने सबै खाले कार्यक्रमहरुको स्पष्ट निती नबन्दा अझै पनि अलमलमा परेको बताएका छन् । मुलुकका शासकिय स्वरुप तथा प्रशासनिक स्वरुप परिवर्तन भई सिंह दरवारको अधिकार स्थानीय तहमा पुगेको भएपनि कतिपय कुराहरुमा कानुनी समस्या यथावत नै रहेको उनले बताए ।
संविधान कार्यान्वयनको चरणमा तिनै चरणको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष शाहीले भने ‘ प्रदेश सरकार गठन भएर स्थानीय तहको कानुन नबनाए सम्म समस्या नै हुन्छ ।’आफुहरुले अहिले नेपालको संविधानको अनुसूची ८ मा टेकेर कार्य संचालन गरेको बताउदै शाहीले गाउँपालिकाका पहिलो गाउँ सभाबाट स्थानीय स्तरमा २ वटा ऐन र ७ वटा नियमावली पारित गरेको जानकारी दिएका छन् । केहि समय कर्मचारी अपुग भएका कारण स्थानीय तहमा का मगर्न कठिनाई उत्पन्न भएको बताउदै शाहीले अहिले त्यो समस्या केहि रुपमा भएपनि समाधान भएको बताए । हामीले गाउँपालिकाको पहिलो गाउँसभामा योजना छनौटका ७ वटा चरणहरु पार गरेर महावु गाउँपालिकाका ६ वटै वडालाई समेटी दुई सय ५० भन्दा बढी योजनाहरु पारित गरेका छौ, शाहीले भने ।
सरकारले स्थानीय तह संचालन सम्बन्धि स्पष्ट निर्देशन गर्न ढिला गरेका कारण अहिले गाउँपालिकामा विषयगत कार्यालयहरुलाई व्यवस्थापन गर्न समस्या भएको शाहीले जानकारी दिएका छन् ।
स्थानीय तहले अहिले १८ जना कर्मचारी नियुक्त गरेको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।
उनका अनुसार गाउँपालिकाले पहिलो बर्ष सडक संजाल विस्तारमा प्राथमिकता दिएको छ । गाउँपालिकामा आएका कुल बजेटको ४५ प्र्रतिशत बजेट सडक निर्माणका योजनामा विनियोजना गरिएको उनले बताए । गाउँपालिकाले अहिले नयाँ प्रविधिको भवन निर्माण गरिरहेको बताउदै अध्यक्ष शाहीले लक्षित बर्गको लागि पनि तोकिएको निती र निर्देशन अनुसार बजेट विनियोजन गरिएको बताए । उनका अनुसार गाउँपालिकाल आगामी बर्ष गाउँपालिकालाई धुँवा रहित गाउँपालिका घोषणा गर्ने लक्ष लिएको छ । स्थानीय स्तरमा भएको जडिबुटी प्रशोधन गरेर स्थानीय स्तरमै रोजगारी सृजनाका साथै स्थानीय तहको आम्दानी बढाइने बताए । गाउँपालिकाले यस वर्ष विशेष गरि सडक, विजुली, खानेपानी लगाएतका क्षेत्रमा बढी रकम विनियोजन गरेको अध्यक्ष शाहीले बताए । उनका अनुसार गाउँपालिकाको आन्तरिक आय बढाउनका लागि करको दायरा बढाएको छ । यस्तै गाउँपालिकाले गाँउपालिका भित्र घर बनाउदा नक्सा पास अनिवार्य गरेको शाहीले जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकाले एक घर एक उपभोक्ता निती अबलम्बन गरेको छ ।
यस्तै महावु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव पोखरेलले गाउँपालिका भित्र रहेका उद्योग तथा व्यवसायहरुलाई व्यवस्थीत पारिने जनाए । उनका अनुसार गाउँपालिकामा विद्युत उत्पादन तथा गाउँ पालिकाका सबै वडामा विद्युत सेवा विस्तारका लागि योजना निर्माण गरि अगाडी बढ्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडामा वडा अध्यक्षहरुले जनताका घरदैलो सम्म पुगेर सेवा प्रलदान गर्नका लागि आफुहरु तयार रहेका बताए । उनिहरुले अन्य गाउँपालिकामा भन्दा महावु गाउँपालिकामा कार्यक्रम संचालन गर्न सहज भएको बताए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरु आएको ८ महिना पछि गरिएको विकास बहसमा महावुगाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढा, स्थानीय सरोकारवाला निकायहरु सहभागि थिए ।
हाम्रो तेस्रो आँखा दैनिक दैलेखले आयोजना गरेका हाम्रो तेस्रो आँखा राउण्ट टेवलको सहजिकरण पत्रिकाका अतिथी सम्पादक यज्ञराज थापाले गरेका थिए भने कार्यक्रममा पत्रिकाका सम्पादक खेमराज थापा, प्रधान सम्पादक महेन्द्र सापकोटा, पत्रकार भरत अधिकारी तथा क्रियाशिल पत्रकार मञ्च दैलेखका अध्यक्ष एवम नेपाल समाचार पत्रका दैलेख संवाददाता हिक्मत नेपाली सहभागी थिए ।

प्रतिक्रिया