रुपन्देहीको देवदहमा गोली चल्यो, बलु पौडेल घाइते

रुपन्देहीको देवदहमा गोली चल्यो, बलु पौडेल घाइते

२१ पुस, बुटवल ।

रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको छ । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएका छन् । पौडेलको टाउकोमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइँदै छ । गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली हान्नेहरुको पहिचान खुलेको छैन ।  प्रहरीले गोली हान्नेहरुको खोजी जारी राखेको जनाएको छ ।

प्रतिक्रिया