२२ जना उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
हिक्मत परियार
दैलेख पौष २२ – दैलेखमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका २२ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छन् । गएको मंसिर २१ गते सम्पन्न चुनावबाट निर्वाचित भएका ६ जना सांसद सहित २२ जना उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत भक्त बहादुर कार्कीले जानकारी दिएका छन् । प्रदेश तथा प्रतिनीधि सभा सदस्यका कुल ३९ जना उम्मेदवार मध्ये शुक्रवार सम्म २२ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका हुन् ।
प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका अन्य १७ जना उम्मेदावरहरुले चुनावी खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
चुनावी खर्च बुझाउनेहरुमा दैलेख क्षेत्र नं. १ का प्रतिनीधी सभा सदस्यमा निर्वाचित रविन्द्रराज शर्मा, प्रदेश (क) बाट बाट प्रदेश सभा सदस्यमा निर्वाचित धर्मराज रेग्मी, प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अम्मर बहादुर थापाले रहेका छन् ।
यस्तै क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित राज बहादुर बुढा क्षेत्री, प्रदेश (क) बाट बाट प्रदेश सभा सदस्यमा निर्वाचित शुसिल कुमार थापा, प्रदेश (ख) बाट बाट प्रदेश सभा सदस्यमा निर्वाचित राज बहादुर शाहीले पनि चुनावी खर्च विवरण बुझाइसकेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
यसैगरि प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवार बनेका शिवराज जोसी, दिक्पाल कुमार शाही, मधुर विक्रम खनाल, जग्य बहादुर शाही, मोतिराम लम्साल, लाल बहादुर कठाएत, कमलापति सुवेदी, बम बहादुर सिंह, दुर्ग बहादुर मगर, जगत बहादुर वलीले पनि चुनावी खर्च बुझाएका हुन् । दैलेख क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यको उम्मेदवार दिपक कुमार शाहीले पनि खर्च विवरण बुझाइसकेका छन् । यसैगरि किशोर कुमार सिंह, गणेश बहादुर खड्का, कृष्ण कुमार विसी, जगत जंग थापा लगाएत २२ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
अब १७ जना उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ । बाँकी रहेका उम्मेदवारहरुले जिल्ला निर्वाचन कार्यालयबाट खर्च विवरणको फारम लगिसकेको केहि दिन भित्रै सबै उम्मेदवारहरुले खर्च विवरण बुझाइसक्ने जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत भक्त बहादुर कार्कीले बताए । चुनावी खर्च विवरण बुझाउने म्याद यहि पौष २७ गते सम्म मात्रै रहेको कार्कीले जानकारी दिएका छन् ।
उम्मेदवारहरुले बुझाएको चुनावी खर्च विवरण अनुसार निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर दैलेखका उम्मेदवारले खर्च गरेको देखिएको छ । आयोगले निर्धारण गरे अनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो । दैलेखमा प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी ३९ जना उम्मेदवारले चुनावमा भाग लिएका थिए ।
प्रतिक्रिया