लक्ष्मी वचत सहकारी १ वर्षमै मुनाफामा

लक्ष्मी वचत सहकारी १ वर्षमै मुनाफामा

दुर्गा वि.सी.
सल्यानको सल्लीवजारमा रहेको लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । १ वर्ष पहिले स्थापना भएको यो सहकारीले आफ्नो मुनाफा देखाएको छ । २ सय वढि सेयर सदस्य वनाउन सफल रहेको यस सहकारीले वार्षिक गत वर्षको मात्रै ४८ हजार मुनाफा देखाएको छ । ऋण लगानी ८१ लाख,वचत फिर्ता २२ लाख ७१ हजार,कर्जा फिर्ता १७ लाख ८७ हजार र बैक मौज्जाद साढे ३ लाख रहेको वताएको ।

सहकारीका प्रवन्धक कमल वलीका अनुसार यो नगरको वित्तीय क्षेत्रमा सवल भुमिका निर्भाह गर्ने उदेश्यका साथ स्थापना भएको र यसबाट यहाँका नागरिकले भविश्यमा धेरै लाभ आर्जन गर्न सक्ने जनाएको छ । छोटै समयमा भए पनि व्यापार व्यवसायका साथै घर जग्गा लगाएतका क्षेत्रमा धितोका रुपमा कारवार सुरु गरेको छ । यो क्षेत्रमा विगतमा खोलिएका सहकारी प्रतिको भम्र चिर्न समेत सफल हुने समेत दावि गरेका छन् । प्रथम साधारण सभामा बन्गाड कुपिण्डे नगरपालीकाकी उप मेयर मञ्जु यरीद्धवारा उद्घाटन गरिएको थियो । साथै नगर कार्यकारी प्रमुख प्रेम प्रसाद आचार्य,कुपिण्डे सहकारीका संस्थापक अध्यक्ष दिपक यरी र आशा वली लगाएतका व्यक्तीहरुले सहकारीको प्रथम साधारण सभालाई शुभकामना मन्तव्य दिएका थिए ।

प्रतिक्रिया