३ करोडमा बन्यो पक्की पुल

३ करोडमा बन्यो पक्की पुल

पौष २५ दैलेख- निर्माण कम्पनीहरुले जिम्मेवारी पूर्वक काम गर्न सके विकासमा सहजता हुने उदाहरण खोज्नु प¥यो भने दैलेख कट्टी जोड्ने कट्टी खोला पुललाई हेर्दा हुन्छ । निर्माणको जिम्मा लिएको सपना निर्माण सेवा प्रा.लि. हेटौंडाको सव कन्ट्याक्ट आर.वि.कन्स्ट्रक्शन दैलेखले कट्टी खोलाको पक्की पुल निर्माण सम्पन्न गर्ने मिति भन्दा २ महिना अगाडी सम्पन्न गरेको हो ।
३ करोड २ लाख भ्याट बाहेक रकममा निर्माण सम्पन्न भएपछि यसपालिको वर्षातमा यात्रुले सहज यात्रा गर्न पाउने भएका छन ।
समयमै निर्माण सम्पन्न गर्दा पनि रकम भुक्तानीमा भने ढिलाई हुने गरेको निर्माण कम्पनीको गुनासो छ । कम्पनीका दैलेख प्रतिनिधि रुपक थापाका अनुसार आफ्नो कम्पनीले कट्टी खोलाको पुल समयमै सम्पन्न गरेको र पुनः नौमूले गाउँपालिकाको रापटमा पर्ने अर्को पक्की पुलको काम पनि जिम्मा लिएको केही समयमै ३० प्रतिशत काम सम्पन्न गरेको बताए ।
राम्रा काम गर्नेलाई पुरस्कार र काम समयमै सम्पन्न नगर्नेलाई जरिवाना को व्यवस्था हुन सके विकास निर्माणले अझै तिब्रता पाउने देखिन्छ ।

प्रतिक्रिया