सोसेकको कार्यक्षेत्र विस्तार

सोसेकको कार्यक्षेत्र विस्तार

 अछामको पञ्चदेवल नगरमा साकार परियोजना लागु गरिने

ज्वालासंदेश संवाददाता
दैलेख पौष २६
दैलेख जिल्लामा संचालित सामाजिक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । दैलेख जिल्लाका विभिन्न स्थानीय तह र कालिकोटमा समेत कार्यक्षेत्र बनाएको संस्थाले प्रदेश नं. ७ को अछाममा पनि आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । प्रदेश नं. ६ का दैलेख र कालिकोटमा परियोजना संचालन गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले अब प्रदेश नं. ७ को अछाममा पनि परियोजना संचालन गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिएका छन् ।
डिसीए नेपालको आर्थीक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा संचालित उत्थानशिल जिविकोपार्जन सामुदायिक अनुकुलन क्षमता अभिबृद्धी (साकार) परियोजनाले अछामको पञ्चदेवल बिनायक नगरपालिकाका ४ वटा वडामा परियोजना लागु गर्नेभएपछि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको कार्यक्षेत्र विस्तार भएको हो । उक्त परियोजना दैलेख जिल्लाको आठवीस नगरपालिकाका वडा नं. ४, ५ र ८ मा संचालित छ । आठवीस नगरपालिका राकमकर्णालीको नजिकै रहेका अछाम पञ्चदेवल बिनायक नगरपालिकाकाको स्थानीय बासीको मागका आधारमा परियोजना लागु गर्न लागिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महासचिव नैन बहादुर शाहीले जानकारी दिएका छन् ।
परियोजनाले अछाम पञ्चदेवल बिनायक नगरपालिकाका ४ वटा वडामा काम गर्नेछ । अछाम पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. ४ कालिकास्थान, वडा नं. ५ को लयाटी, वडा नं. ८ को बारला र वडा नं. ९ को कालिकाँडामा कार्यक्रम संचालन गर्नेछ । परियोजनाले अछाम पञ्चदेवल बिनायक नगरपालिकाको वडा नं. ४ कालिकास्थानका ९० घरधुरी, वडा नं. ५ को लयाटीमा ६४ घरधुरी, वडा नं. ८ को बारलामा ३१ घरधुरी र वडा नं. ९ को कालिकाँडाका ६५ घरधुरी गरि २ सय ५० घरधुरीलाई लक्षित गरि कार्यक्रम संचालन गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिएका छन् ।
परियोजना लागु भएका स्थानहरुमा जलवायू परिवर्तनलाई धान्न सक्ने खालका कार्यक्रमहरु संचालन गर्नेछ । यस्तै समुलायमा ताजा तरकारी उत्पादन, नगदेवाली उत्पादन लगाएतका क्रियाकलापहरु संचालन गर्नेछ । समुदाय स्तरमा विभिन्न् समूह निर्माण गर्दै समूहका सदस्यहरुलाई शसक्तिकरणका तालिम, विभिन्न प्रविधिबारे जानकारी गराउनेछ । यस्तै कार्यक्रम संचालन भएका स्थानमा सरल थोपा सिचाईका लागि आवश्यक सहयोग गर्ने परियोजनाले जनाएको छ ।

प्रतिक्रिया