परियोजनाबारे प्रारम्भीक छलफल

परियोजनाबारे प्रारम्भीक छलफल

ज्वालासंदेश संवाददाता
दैलेख पौष २७- दैलेख जिल्लाको आठवीस नगरपालिकाको तिन वटा वडालाई कार्यक्षेत्र बनाएको उत्थानशिल जिविकोपार्जन सामुदायिक अनुकुलन क्षमता अभिबृद्धी (साकार) परियोजना अछाम जिल्लामा पनि लागु हुने भएपनि त्यहाँका जननिर्वाचित प्रतिनीधिहरु संग प्रारम्भिक छलफल गरिएको  छ । बुधवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हिरासिंह थापा, महासचिव नैन बहादुर शाही, सदस्य कल्पना थापा, परियोजनाका अर्जन शाही, पत्रकार हिक्मत नेपालीको सयुक्त टोलीले पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, निमित्त निमित्त प्रमुख प्रशासकिय अधिकृत र परियोजना लागु भएका वडा अध्यक्षहरु संग प्रारम्भीक छलफल गरेको हो ।

छलफलमा बोल्दै पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले दैलेख जिल्लामा संचालित परियोजना अछाममा पनि लागु भएकोमा खुसी व्यक्त गरिन् । परियोजनाले स्थानीय समुदायको जिविकोपार्जनका लागि सहयोग पुग्ने बताउदै उपप्रमुख चलाउनेले स्थानीय समुदायमा तरकारी खेतीका माध्ययमबाट महिला र बालबालिकाहरुको पोषण स्तिथीमा सुधार ल्याउने बताइन् ।
छलफलमा पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत श्याम बहादुर राना, वडा नं. ८ का वडाअध्यक्ष तारा प्रसाद खनाल, वडा नं. ९ का वडाअध्यक्ष राम बहादुर शाही, वडा नं. ५ का वडाअध्यक्ष कुल बहादुर बुढा, वडा नं. १ का वडाअध्यक्ष लक्ष्मीकान्त देवकोटा, वडा नं. ६ का वडाअध्यक्ष पूर्ण बहादुर रावल र वडा नं. ४ का वडाअध्यक्ष सज्जन बहादुर शाही सहभागि थिए ।

प्रतिक्रिया