सुर्खेतमा सुरु भयो माघी मेला

सुर्खेतमा सुरु भयो माघी मेला

सुर्खेत पौष २७- सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा माघी रौनक शुरू भएको छ । माघी पर्वको अवसरमा बिहीबारदेखि तीन दिन सुर्खेतमा माघी मेला शुरू भएको हो ।

मगर समुदायका कला र संस्कृति जोगाउने उद्देश्यले सुरु भएको महोत्सवमा राष्ट्रिय कलाकारहरु तिला गरंजामगर, निरु श्रीषमगर, मोडेल आरुशीमगर, सम्झना लामिछानेमगर लक्ष्मी रानामगर लगायतको सहभागिता मेला आयोजकले जनाएको छ ।

मेलामा सोरठी, ख्याली, कौडा, ठाडो भाखा, दोहरी लगायतका संस्कृतिक प्रस्तुतिहरु रहेछन् । धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता र एकल नृत्य प्रतियोगिताको समेत सञ्चालन गरिने मेला आयोजकले जनायो । मेलामा मगर समुदायका विभिन्न परिकारदेखि र थारु परिकारका स्टल समेत छन् ।

मंगलढीचौकबाट ¥यालीसहित सुरु भएको मेलाको उद्घाट सांसद एवम् नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव, पूर्व केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले गरेका छन ।

प्रतिक्रिया