मुलुकको समृद्धीका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण – शर्मा

मुलुकको समृद्धीका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण – शर्मा

ज्वालासंदेश समाचारदाता
दुल्लु पौष २८-दैलेख जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य रविन्द्र राज शर्माले मुलुकको समृद्धीका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । दुल्लू नगर उद्योग बाणिज्य संघको तेस्रो साधारण सभालाइ सम्वोधन गदै शर्माले यस्तो बताएका हुन् । उनले सहमति, सहकार्य र एकतालाई आत्म साथ गर्दै अघाडी बड्न सके मात्र मुलुकको समृद्धी । परिवर्तन गर्न सकिने भन्दै सहमतिका साथ कुसल नेतृत्व चयन गर्नुपर्ने बताए । दुल्लू नगरपालिका पर्यटकिय , धार्मिक र ऐतिहासिक क्षेत्रका प्रवल सम्भावना भएको बताउदै सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर अघाडी बढ्ने र आर्थिक क्षेत्रमा प्रगती गर्न सकिने बताए । दुल्लू क्षेत्र फलफलु को लागि प्रसिद्ध क्षेत्र भएकोले यहाँका किसानहरु फलफुल क्षेत्रमा आत्म निर्भर बन्नु पर्ने बताए । दैलेख जिल्लामा रहेका ३ वटा अस्पतालको स्तर उन्नती आफ्नै पालमा गरिने उल्लेख गरे ।

दैलेख , दुल्लू र राकमकर्णली बजार आर्थिक क्रियाकलाप केन्द्र भएकोले सुर्खेत , दैलेख , महाबु हुँदै जुम्ला जाने सडक , सुर्खेत दुल्लू हुँदै कालिकोट र सुर्खेत , राकम सडक खण्डको स्तर उन्नती गर्नमा आफुले पहल गर्ने शर्माले बताए ।


यस्तै क्षेत्र नं. १ प्रदेश (क)का प्रदेश सभा सदस्य अम्मर थापाले संघियताको कुरा भाषणमा मात्र नभई ब्यवहारमा उतार्नको लागि बास्तवमै सिंहदरवारको अधिकार स्थानियको घर दैलोमा पु¥याउनेको लागि स्थानिय सरकारले सशक्त भुमिका निर्वाह गर्नु पर्ने बताए । अव किसानहरु ब्यवसायिक तरिकाले अगाडी बढ्दै कृषिमा आत्म निर्भर बन्नु पर्ने बताउदै थापाले निजी क्षेत्रको विकासले मात्र देशमा रोजगारीको सृर्जना गर्न सकिने बताए । ब्यवसायीहरुको स्तर उन्नतीको लागि अव बन्ने सरकाले पहल गर्ने थापाले उद्घोष गरेका छन् ।

यस्तै दुल्लु नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले परनिर्भरता हटाउनको लागि उद्यमशिलताको बिकास गर्दै दुल्लू नगरपालिकालाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै आर्थिक क्रान्तिको सुरुवात गरिने बताए । उनले एक घर एक रोजगारको सृजना गर्नको लागि यस क्षेत्रमा औधोगिक क्षेत्रको स्थापनी गरेर निजी क्षेत्रसंग आत्म साथ गर्दै अघाडी बढ्ने बताए ।
कायक्रममा नेपाली काँग्रेसका नगर सभापति टंक रिमाल , नेकपा एमालेका तर्फ बाट उपसचिब तिलक रिजाल , दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्ती शर्मा लागएतका अतिथीहरुले एकता सहकार्य र सहमतीमा नेतृत्व चयनमा जोड दिएका थिए । दुल्लू नगर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचि डिल बहादुर खड्काले गरेका थिए

प्रतिक्रिया