दुल्लू नगर उद्योग बाणिज्य संघको अध्यक्षमा थापा बिजयी

दुल्लू नगर उद्योग बाणिज्य संघको अध्यक्षमा थापा बिजयी

दुल्लू नगर उद्योग बाणिज्य संघको अध्यक्षमा १७१ मत ल्याएर ओमकार जंग थापा बिजयी भएका छन् । थापाका प्रतिद्धन्दी डिल बहादुर खड्काले १३९ मत ल्याएर पराजित भएका छन् । बरिष्ट उपाध्यक्षमा बाम गठ बन्धनका कमल शर्मा बिजयी भएका छन् उनले १७० मत ल्याएका छन् उनका प्रतिद्धन्दी साझा उम्मेद्धार टिकाराम थापाले १४० मत ल्याएका छन् ।

यस्तै दृतिय उपाध्यक्षमा सोभा थापाले १७० मत पाएका छन् भने उनका प्रतिद्धन्दी साझाका उम्मेदावार दिपेन्द्र कार्कीले १३१ मत ल्याएर पराजित भए । महासचिबमा चन्द्र प्रसाद पोखरेलले १८८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी जय बहादुर थापाले १२७  मत ल्याका छन् ।, सचिवमा जितेन्द्र कार्कीले १८७ मतका साथ विजयी हुदा उनका प्रतिद्धन्दी सुरेन्द्र पुरीले १२१ मत ल्याएर पराजित भएका छन ।  कोषाध्यक्षमा केसव कार्कीले १६३ मतका साथ बिजयी भएका छन् भने उनका प्रतिद्धन्दी निशा शाही गिरीले १४१ मत ल्याएर पराजित भएकी छन् ।

यस्तै सदस्यहरुमा बाम गठ बन्धनकै  भिम बहादुर थापा , जगत प्रसाद आचार्य , इन्द्र सुनार , रेणु भट्टराई, सुर्य भण्डारी र प्रताप राई बिबजयी भएका छन् । कुल ३१५ मत खसेकोमा १७१ मत ल्याएर थापा बिजयी भएका हुन भने ५ मत बदर भएका थिए । नेपाली काँग्रेस , राप्रपा  र नेपाल मजदुर किसान पटीमा आवद्ध ब्यापारीहरुको साझा उम्मेदवार ओमकार जंग थापा मात्र बिजयी भएका छन् भने अरु सबै पदमा बाम गठ बन्धनका उम्मेदवार बिजयी भएको निर्वाचन अधिकृत सम्सेर बहादुर शाहीले जानकारी दिए । बिजयी अध्यक्ष थापाले सबै ब्यवसायीहलाई धन्यबाद  दिदैँ एकता , सहमति र सहकार्यका साथ हातेमालो गर्दै अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया