माघी मनाउन राउटे वस्तीमा खसी र खाद्यान्न वितरण

माघी मनाउन राउटे वस्तीमा खसी र खाद्यान्न वितरण

दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा बस्दै आएका राउटे समूदायलाई खाद्यान्न वितरण गरिएको छ । माघी पर्वलाई लक्षित गर्दै राउटे समूदायलाई खाद्यान वितरण गरिएको हो । नेपाल सरकार जिल्ला प्रशासन कार्यालय दैलेखले राउटे समूदायलाई खाद्यान्न वितरण गरेको हो । यस्तै दैलेखको सामाजिक संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सेभ द चिन्ड्रेन, एइआइएन र उद्योग बाणिज्य संघ दैलेखले राउटे समूदायलाई कम्बल समेत प्रदान गरेको छ ।

दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा बस्दै आएका राउटे समूदायको वस्ती
दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा बस्दै आएका राउटे समूदायलाई खाद्यान्न वितरण
दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा बस्दै आएका राउटे समूदायलाई खसी वितरण गर्दै प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने
राउटे समूदायलाई कमल वितरण गर्दै प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने साथमा सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापा
दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा बस्दै आएका राउटे समूदायको वालवालिका साथमा उनको वच्चा
दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा बस्दै आएका राउटे समूदायको वालवालिको वस्ती

जिल्ला प्रशासन कार्यालय दैलेखले समूदायमा ३० केजीको ४२ प्याकेट चामल, प्रति परिवार १ केजी दाल, प्रति परिवार १ प्याकेट नुन, प्रति परिवार १ प्याकेट तेल र दुई वटा खसी वितरण गरेको हो । यस्तै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, सेभ द चिन्ड्रेन, एइआइएनले २० वटा कम्बल र दैलेख उद्योग बाणिज्य संघ दैलेखले २० वटा कम्बल प्रदान गरेको हो ।
नेपाल सरकार र दैलेख स्थित विभिन्न सामाजिक संघ संस्था तथा निजी क्षेत्रहरुको सहयोगबाट राउटे समूदायलाई खाद्यान्न संगै कम्बल वितरण गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिएका छन् ।
फिरन्ते जिवन विताउने राउटे समूदायलाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिएका छन् ।
दैलेखको महावुगाउँपालिका वडा नं. ३ बाँसीको इनेदुला (छामघाट खोलाको किनार) मा अहिले ४६ घरपरिवार राउटे समूदाय बसोबास गर्दै आएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, प्रहरी नायव उपरिक्षक सरोज पौडेल, भैरवी गाउपालिका अध्यक्ष प्रेम वहादुर वुढा, महावु गापा वडा नं. ३ का वडा अध्यक्ष हीरासिंह वडुवाल, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा, राउटे उत्थान प्रतिस्थानकी अध्यक्ष सत्यदेवि अधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया