बालिकाको मृत्यु

बालिकाको मृत्यु

दैलेख ३० पौष – दुल्लू नगरपालिका वडा नं. ४ शान्ति बजारमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट दुल्लू नगरपालिका वडा नं. २ का नगेन्द्र बहादुर थापाको छोरी ५ बर्षिया करिष्मा थापाको मृत्यु भएको हो । जिपले शनिवार राती १० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सरोज पौडेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार अन्य ७ जना स्थानीय घाइते भएका छन् ।
सामान्य घाइते भएका २ बर्षिया बसन्ता कार्की, ९ बर्षिया रोशनी कार्की, ८ बर्षिया तारा थापा, ४८ बर्षिया भद्रकला सार्की र २८ बर्षिया नगेन्द्र थापालाई दुल्लु अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ । यस्तै जिपको ठक्करबाट गम्भिर घाइते भएको दुई जनालाई उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका जय बहादुर थापा र अञ्जु थापाको नेपालगंजमा उपचार भइरहेको छ ।
जिपको चालक दुल्लु नगरपालिका वडा नं. ३ का २२ बर्षिया जित बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । चालक र जिप प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी प्रमुख पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया