औद्योगिक ग्राम स्थापना हुँदै

औद्योगिक ग्राम स्थापना हुँदै


दैलेख माघ ३- औद्योगिक क्षेत्र नभएको दैलेख जिल्लामा साना उद्योगहरुलाई लक्षित गरी औद्योगिक ग्राम स्थापना हुने भएको छ । औद्योगिक ग्राम नारायण नगरपालिका वडा नम्बर १ मा स्थापना हुन लागेको छ ।
लघु उद्यमी समुह संघ दैलेखका अध्यक्ष झवि खत्रीले औद्योगिक ग्राम स्थापना अन्तिम चरणमा पुगेको वताए । उनले घरेलु तथा साना उद्योग विकास समिति र नारायण नगरपालिकाको सहकार्यमा औद्योगिक ग्राम स्थापना हुन लागेको जानकारी दिए ।
औद्योगिक ग्राम स्थापना वारे नारायण नगरपालिका वडा नम्बर १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले नगरपालिका र वडाले सहयोग गर्ने बताए । उनले औद्योगिक ग्राम स्थापनाले जिल्लालाई औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने र औधोगिक क्षेत्रको दिर्घकालिन संचालनमा नगरपालिकाले आवश्यक पुर्वाधारमा सहयोग पुर्याउने जानकारी दिए । उनले जिल्लामा कृषिजन्य तथा वन जन्य उद्योग स्थापना हुनुपर्नेमा जोड दिए । उनले जिल्लालाई सम्मुनत बनाउन र रोजगारी श्रृजना गर्न उद्योग स्थापना नै मुख्य काम भएको बताए ।
पहिलो चरणमा औद्योगिक ग्राममा १० वटा उद्योग स्थापना गरिने लघु उधमी समुह संघका अध्यक्ष खत्रीले जानकारी दिएका छन् । हाते कागज, दालमोठ, अल्लो प्रशोधन, सिस्नो प्रशोधन, वाँस मुढा, दुध डेरी, दुना टपरीलगायतका उद्योग औद्योगिक ग्राममा स्थापना हुने र ग्राम भित्र तालिम सेन्टर पनि सञ्चालन गरिने जानकारी दिए ।
औद्योगिक ग्रामका लागि नारायण नगरपालिकाले जग्गा उपलब्ध गराइसकेकोले अब ग्राम बन्ने प्रक्रिया सुरु भईसकेको वुझिएको छ । ग्राम जिल्लास्थित आत्म निर्भर लघु उद्यम सहकारी संस्था लिमिटेड, नारायण नगरपालिका र जिल्ला लघु उद्यमी समुह संघले सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया