एमाले सल्यानले थाल्यो कार्वाही अभियान

एमाले सल्यानले थाल्यो कार्वाही अभियान


दुर्गा वि.सी.
सल्यान ४ माघ- नेकपा एमाले जिल्ला कमिटीको वैठकले बन्गाड कुपिण्डे नगरको वैठकले कार्वाहिको सिफारिस गरेका पार्टिका नेता तथा कार्यकर्ताहरुलाई सधारण सदस्य समेत नरहने गरी कार्वाहि गरेको छ । बन्गाड कुपिण्डे नगरको पौष १४ गते वसेको वैठकले बन्गाड कुपिण्डे नगरपालीका १ का वडा अध्यक्ष तथा पुर्व क्षेत्रीय सदस्य शान्त कुमार यरी,अन्य नगर सदस्य अमर चन्द, पुर्व जिल्ला कमिटी सदस्य रिम वहादुर वुढा, जिल्ला कमिटी सदस्य सञ्जीता शर्मा,कृष्ण रावत साथै टेकराज शर्मालाई भने स्पष्टिकरण लिने जनाएको छ ।

पार्टिको अनुशासनलाइृ उल्घंन र गलत गतिविधीमा लागेको सधै पार्टिको निर्णय भन्दा वाहिर गएर काम गर्ने गरेकोले ५ जनलाई पार्टिको साधारण सदस्य समेत नहरने गरि कावार्हि गरिएको छ । वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तीलाई पार्टि प्रत्यक्षरुपमा असर पार्ने गतिवीधीमा लागेकोले माघ ३ गते वसेको जिल्ला कमिटी वैठकले यो निर्णय गर्न वाध्य भएको जिलला पार्टि अध्यक्ष गोविन्द कुमारले पुनले जानकारी दिएका छन् ।
त्यसै गरि हिजो वसेको जिल्ला कमिटी वैठकले राप्रपा सल्यानको जिल्ला कमिटी नै एमाले प्रवेस गर्ने भएको छ । विहिवार विहान पत्रकार सम्मेलन गरेर जानकारी गर्ने समेत जनाएको छ । राप्रपाका सह महामन्त्री मानोज प्रधान,केन्द्रीय सदस्य राजेन्द्रविर राय,जिल्ला अध्यक्ष मानोज सिं लगाएत कमिटीलाई आज नै प्रवेश गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष गोविन्द पुनले जानकारी दिनु भएको छ । दुवै पार्टिको प्रेस वक्तव्य तयारी हुन लागेकोले पत्रकार सम्मेलनमा केहि ढिलाई भएको वताएको छ ।

प्रतिक्रिया