अनाथ तथा असाहय बालबालिकाको लागि,६ सय किलोमिटर दौड्दै सुर्खेत आए बेलायती नागरिक

अनाथ तथा असाहय बालबालिकाको लागि,६ सय किलोमिटर दौड्दै सुर्खेत आए बेलायती नागरिक


सुर्खेत, ५ माघ –६ सय किलोमिटर दौड्दै बेलायती नागरिक डायन फुर्लङ्ग शुक्रबार सुर्खेत आएका छ्न । अनाथ बालबालिका तथा असाहय बालबालिकाको लागि गुणस्तरिय शिक्षा दिन स्थापित कोपिला भ्याली सेवा समाज सुर्खेतका दाता समेत रहेका डायनले आर्थिक संकलन गर्ने उद्देश्यले काठमाण्डौँ देखि दौड्दै सुर्खेतमा आईपुगेका हुन । उनलाई सुर्खेतमा भब्य स्वागत गरिएको छ ।


दौड्दै सुर्खेत आएका डायन फुर्लङ्गलाई प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले दोसल्ला आढाएर सम्मान गरेका छ्न । यस्तै उनलाई कोपिला भ्याली स्कुलका विद्यार्थीहरुले उनी सङै करिब ५ किलोमिटर भन्दा बढी दौड्दै साथ दिएका हुन ।लायती नागरिक डायन फुर्लङ्गले अनाथ बालबालिका तथा असाहय बालबालिका पढ्ने कोपिला स्कुलको भबन निर्माणका लागि सहयोग गर्ने उदेश्यले दौड सुरु गरेको बताए ।उनले भने,`म काठमाडौंबाट दौड सुरु गरेर सुर्खेत आईपुग्दा सम्म सहयोग आईरहेको छ, र अरु पनि सहयोग आउनेछ भन्नेमा बिश्वास लिएको छु´। उनले सहयोग रकमले सुर्खेतमा रहेका असाहय बालबालिकाको गुणस्तरिय शिक्षामा सहि लगानी हुनेमा बिश्वास लिएको बताए ।डायनले आर्थिक संकलन गर्ने उद्देश्यले उक्त दौड सुरु गरेको र हालसम्म करिब २ करोड आर्थिक संकलन भैसकेको समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिए । काठमाण्डौँ देखि सुर्खेतसम्म करिव ६ सय किलोमिटर दुरी पार गर्न दैनिक ३५ किलोमिटर दौड्दै आएको उनले बताए । अध्यक्ष मल्लका अनुसार उनी काठमाण्डौँ बाट दौडेर सुर्खेत आउने पहिलो विदेशी नागरिक भएको दावि गरे ।

प्रतिक्रिया