साझा उद्यमी-ब्यवशायि प्यानलका उम्मेदवार र प्रतिवद्धता पत्र सार्वजनिक

साझा उद्यमी-ब्यवशायि प्यानलका उम्मेदवार र प्रतिवद्धता पत्र सार्वजनिक

दैलेख । ‘साझा उद्यमीर व्यबसायी प्यानलको आहवान, निजि क्षेत्रको समग्र विकासका लागि गरौँ सवैले मतदान’ भन्ने नारा सहित माघ २५ र २६ गते हुने उद्योग वाणिज्य संघ, दैलेखको निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नाम तथा प्रतिवद्धता पत्र घोषणा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । आज रुची होटलको सभाहलमा आयोजित कार्यक्रममा उम्मेदवारी सार्वजनिक गरिएको हो। उम्मेदवारहरुमा अध्यक्ष पदका उम्मेदवार कुल बहादुर बि क सहित सदस्यहरुमा गणेश कुमार खड्का,झवी (कवी)खत्री,सन्देश कुमार श्रेष्ठ,राजेस कुमार हमाल,राधा ज्ञवाली (महिला सदस्य) ,योगेन्द्र प्रसाद सिग्देल रहेकाछन ।  आज पत्रकार सम्मेलन मार्फत प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको प्रतिवद्धता यस्तो रहेको छ ।

‘साझा उद्यमी-ब्यवशायि प्यानलेको आहवान–
नीजि क्षेत्रको समग्र विकासका लागि गरौं सबैले मतदान’

दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, पुरातात्वीक, प्राकृतिक र पर्यटकीय सम्पदाको दृष्टिले निकै धनि जिल्ला हो । उत्पादकत्वको दृष्टिले सबै प्रकारका कृषि उपजहरु उत्पादन हुने, पर्यटनका दृष्टिले अन्तराष्ट्रिय पर्यटन गन्तब्य बन्न सक्ने, खानी, पानीका दृष्टिले अति धनि, जडिबुटीका दृष्टिले पनि धनि जिल्ला दैलेख हो ।दैलेख जिल्लालाई आत्मनिर्भर, समवृद्ध, समुन्नत, औद्योगिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्यापारिक केन्द, हाईडो हव बनाउन सकिने प्रसस्त आधारहरु रहेकाछन । यसका लागि सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्य अपरिहार्य रहेको छ । राज्यले अंगिकार गरेको तीन खम्बे नीतिका आधारमा हामी सबै मिलेर दैलेख जिल्लालाई आत्मनिर्भर र समुन्नत जिल्ला बनाउन संस्थागत रुपमा नै अघि बढ्नु पर्ने आवश्यकता रहेको छ ।माथि उल्लेखित विषयहरुलाई आत्मसाथ गर्दै नीजि क्षेत्रको तर्फबाट संस्थागत रुपमा समवृद्ध, समुन्नत, आत्मनिर्भर जिल्ला बनाउनका लागि यहि माघ २५ र २६ गते हुन गईरहेको दैलेख उद्योग वाणिज्य संघ, दैलखको आठौं अधिवेशन तथा ९ औं साधारणसभामा कूलबहादुर वि.क.को नेतृत्वमा साझा उद्यमी÷ब्यवशायिक मोर्चा निर्माण गरी तपशीलका कार्यहरु आफ्नो कार्यकालमा सम्पादन गर्ने प्रतिवद्धता सहित मतदाता समक्ष यो साझा अपील सार्वजनिक गर्दछौं ।
प्रतिवद्धताहरुः-

१. सर्व प्रथम दैलेख उद्योग वाणिज्य संघ, दैलखको सचिवालय ब्यवस्थित गर्ने । जसका लागि दक्ष कर्मचारी ब्यवस्थापन, कर्मचारी, प्रशासन, आर्थिक आदि निमावली निर्माण गरी लागु गर्ने, कर्मचारीलाई पोशाकको ब्यवस्था, स्थायी दरबन्दी श्रृजना गर्ने । यो कार्य निर्वाति भएको तीन महिनामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
२. दैलेख जिल्लाका सबै उद्यमी÷ब्यवशायिहरुलाई यस संघबाट निरन्तर मासिक घुम्ति सेवा(नियमित वैठक बसाल्न, सदस्यता नविरकण गर्न, राजस्व सम्बन्धि परामर्स दिन, पान जारी गर्न, ब्यवशाय दर्ता गर्न, उब्जिएका समस्याहरु सामाधान गर्न, कार्यालयहरु ब्यवस्थापन गर्न, रेकर्ड राख्न) दिने । जसका लागि १ जना कर्मचारी नियुक्त गरी निरन्तर परिचालन गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
३.हरेक बजारहरुको दीगो विकासका लागि बजार स्तरीय तीन वर्षे बजार रणनीति बनाई सोही अनुसार कार्य सम्पदान गर्ने प्रतिवद्धता जाहेर गर्दछौं । उक्त कार्य निर्वाचित भएको ६ महिना भित्र पुरा गर्नेछौं ।
४. राज्यको तीन खम्बे नीति अनुसार स्थानीय सरकार, प्रादेशीक सरकार, केन्द्रीय सरकार, सहकारी, समूह, दातृ निकायहरुसित सहकार्य गरी उद्यम-ब्यवशाय क्षेत्रको समग्र विकासका लागि ठोस कार्य योजना बनाई कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
५. दैलेख जिल्लालाई समुन्नत, आत्मनिर्भर, औद्योगिक जिल्ला बनाउका लागि ‘ लगानी वर्ष २०७५’ घोषणा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्ता भित्राउनका लागि निर्वाचित भएको ६ महिनामा लगानी वर्ष सम्मेलनको आयोजना गरी यसको शुरुवाद गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
६. समग्र जिल्लालाई विद्यूतीकरण गर्न, मध्यपहाडि लोगमार्ग गुणस्तरीय रुपमा र निर्धारित समयमा निर्माण गर्न, दैलेख, कालिकोट, जुम्ला हुँदै मानसरोबरको सडक निर्माण गर्नका लागि सम्बन्धित निकायलाई निरन्तर सुझाव सल्लाह र खबरदारी गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
७. दैलख जिल्लालाई अन्तराष्ट्रिय स्तरमा चिनाएर धेरैभन्दा धेरै पर्यटक भित्राउनका लागि भिडियो डकुमेन्ट्री निर्माण, व्रोसर छपाई, होडिङ्ग वोर्ड राख्ने, वेवसाईड मार्फत जानकारी दिने आदि कार्य निरन्तर संचालन गर्नेछौं ।
८. एक गाउँ÷नगरपालिका एक हाटबजारको नारा लिई हरेक बजारहरुमा हप्ताको एक पटक अनिवार्य हाट बजार लगाउनका लागि कार्य प्रारम्भ गरिनेछ । दैलेख सदरमूकामा निर्वाचित भएको दुई महिनाबाट र अन्य बजार क्षेत्रमा निर्वाचित भएको ६ महिनाबाट शुरुवाद गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
९. ब्यापारि तथा उद्यमीहरुलाई तीनभागमा विभाजन गरी साना तथा लघु ब्यापारी÷उद्यमीहरुलाई विशेष रुपमा प्रर्वद्धन गर्ने योजना ल्याउनुका साथै मझौला ब्यापारि तथा ठूला ब्यापारिका समस्याहरु सामाधान गर्न प्रयत्न गर्नेछौं । यसका साथै आर्थिक रुपमा कमजोर र साना उद्यमी, ब्यवशायको दर्ता, नविकरण प्रकृयामा अधिकतम् छुट र सरल रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
१०. ब्यापारी तथा उद्यमीहरुलाई लगानी मैत्री वातावरण बनाउनका लागि स्थानीय सरकारसित सहकार्य गर्दै ग्रामीण क्षेत्रमा वैंक सुविधाका लागि अधिकतम पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
११. ब्यापारी÷उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि हरेक तीन महिनाको एक पटक एउटा बजार क्षेत्रमा क्षमता अभिवृद्धी तामिल(आफ्नो ब्यवशाय शुरु तथा सुधार गर्नुहोस(क्थ्ब्द्य संचालन, कर शिक्षा, ब्यवशायिक योजना निर्माण तालिम संचालन तथा वार्षिक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भ्रमणको आयोजना गर्ने र उक्त कार्यका लागि स्थानीय सरकार, दातृ निकाय सित सहकार्य गर्नुका साथै ब्यवशायिक÷उद्यमीहरुको सहयोगबाट यी कार्य संचालन गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
१२. दुई वर्षमा एकपटक दैलेख महोत्सव र १ वर्षमा एक पटक आलोपालो हरेक बजार क्षेत्रमा मिनि महोत्सव संचालन गरी उद्यम÷ब्यवशायको प्रर्वद्धनात्मक कार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछौं । यो वर्ष राकम कर्णालीमा महोत्सव र अर्को वर्ष गुराँस गाउँपालिकामा कृषि उत्पादन प्रदर्शनी मेलाको आयोजना सोही समिति आयोजक बनाएर गर्ने र यसका लागि उद्योग वाणिज्य संघ,दैलेखको तर्फबाट अगुवाई गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
१३. सम्पूर्ण ब्यवशायीहरुको हितका लागि सबै बजार समितिहरुको खाता संचालन गरी दर्ता, नवीकरण लगाएतका त्यस क्षेत्रबाट प्राप्त हुने रकमको ५० प्रतिशत सोही समितिको खातामा र ५० प्रतिशत मात्र उद्योग वाणिज्य संघको खातामा बाँडफाँड गर्ने । कूल उठेको रकमको १० प्रतिशत सोही बजार समितिको खातामा र १० प्रतिशत जिल्ला उद्योग वाणिज्य संघको खातामा उद्यमी, ब्यवशायी हितकोषमा रकम राख्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
१४. उद्योग वाणिज्य संघ, दैलेखको माथिल्लो तला थप गरी दैलेख जिल्लाकै ठूलो सिटी हल हाम्रो कार्यकालमा निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

प्रतिक्रिया