बाल हेल्पलाइनको सक्रियता बढ्यो

बाल हेल्पलाइनको सक्रियता बढ्यो

ज्वालासंदेश समाचारदाता
दैलेख माघ ७
जिल्लामा संचालितबाल हेल्पलाइन दश नौ आठ को सक्रियता बढेको छ । बाल हेल्पलाइन दश नौ आठमा सन २०१७ मा २ सय २७ वटा बालबालिकाका समस्याहरु आएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक), महिला र बालबालिका केन्द्र दैलेखमा २ सय २७ जना बालबालिकाको समस्या दर्ता भई सेवा सुविधा प्राप्त गरेका छन । यस वर्ष ७ सय १ वटा बालविवाह रोकिएको थियो । जस मध्ये बाल हेल्पलाईन दश नौ आठ मा आएका बालविवाहका समस्या १ सय ३२ वटा रहेको थियो । बाल हेल्पलाइनले विभिन्न समस्या भएका ७६ जना बालबालिकालाई सेवा प्रदान गरेको छ ।

ति मध्ये १२ जना बालबालिकालाई सामान्य मनोविमर्श परामर्श गरी बुवा आमासगँको पुर्नमिलन गराएको छ । विभिन्न समस्या भएका २४ जना बालबालिकालाई सरोकावाला निकायहरुबाट रीफर भई सेल्टर तथा मनोविमर्श परामर्श, कानुनी उपचार गरीएको छ । समुदायमा बालक्लब र महिला संजाल तथा जनप्रतिनिधिहरुसगँ समन्वय गरी १७ वटा बालविवाहको विषयमा छलफल गरी बालविवाह रोकीएको छ । प्रत्यक्ष मनोविमर्श परामर्श संगै कार्यालयमा छलफल गरी २१ जनाको बालविवाह रोकीएको छ । समुदायमा फोन मार्फत मनोविमर्श परामर्श गरी १२ जनाको बालविवाह रोक्न सफल भएको छ । त्यस मध्ये १ जनाको बालविवाह मुद्दा जिल्ला प्रहरी कार्यालय दैलेखमा दर्ता भई प्रक्रियामा रहेको वाल हेल्पलाईन संयोजक रमा श्रेष्ठले जानकारी दिनुभएको छ ।
बाल हेल्पलाइनमा आएका ३ वटा बालविवाह सुर्खेत रीफर गरिएको छ । जिल्लाप्रहरी कार्यालय दैलेख र वाल हेल्पलाईनको पहलमा ८७ वटा बालविवाह रोकीएको छ भने १५ वटा बालबालिको अन्य समस्या छलफलबाट समाधान भएको छ । सोसेक महिला र बालबालिका केन्द्र दैलेखमा ४६ जना बालबालिकालाई मनोविमर्श परामर्श गरी छलफलबाट कानुनी परामर्श मिलापत्र गरीएको छ । जर्वरजस्ती करणी उद्योग १ वटा मुद्दा दर्ता भई पक्रियामा रहेको छ । महिला र बालबालिका केन्द्रले १ जना बालकलाई हालसनराईज बोडीङ्ग स्कुलमा समन्वय गरी निःशूल्कपढाउदै आएको छ भने दुई जना बालबालिकालाई छात्रवृत्र्ति प्रदान गरीएको छ ।

यस्तै १ जना बालीकालाई राईट स्टेप एजुकेशन एकेडमी कपिलबस्तुमा समन्वय गरी संस्थाको पहलमा गुरासँइन्सीच्युटमा १ वर्षे कम्प्युटर शिक्षा प्रदान गरिएको छ । कालिकोट ,मुगु , अछाम ,बर्दिया , सुर्खेत ,जाजरकोट जिल्लामा यस्तै जोखीममा परेका १० जना बालबालिकालाई परिवारलाई झिकाई छलफल गरी जिल्ला बालकल्याण समीती लगाएत जिल्ला प्रहरी, जिल्लाका सरोकारवाला निकायहरुको रोहवरमा परिवारमा पुनर्मिलन गरिएको छ । सोसेक महिला र बालबालिका केन्द्र दैलेखमा ५९ जना बालबालिकालाई आपतकालिन गृहमा आवश्कता अनुसार सुरक्षित र संरक्षण गरी संस्थाबाट सहयोग गरीएको । संस्था को पहलमा ६६ जना बालबालिकाको घर परिवारका सदस्यहरुलाई झिकाई छलफल गरी परिवारमा पुनर्मिलन गराइएको छ । यस वर्ष १ सय २८ जना बालबालिकाहरुले संस्थाको सेवा सुविधा प्राप्त गरेका छन् भने ८७ जना बालविवाह गर्ने जोडीले मनोविमर्श परामर्श सेवा पाएका छन् ।
बाल हेल्पलाइनमा विशेष गरि बालविवाह, अलपत्र अवस्थामा फेला परेको, अपाङ्ग, हराएका, घरबाट भागेर आएका, मानसिक तनाब झेलेका, कुपोषित भएका, अलपत्र फेला परेको व्यवारिसे अवस्थामा फेला परेका, बाल श्रर्मीक बसेका, ज्यान केस अनुसन्धानमा ल्याईएका जस्ता बालबालिकाहरुका समस्या आउने गरेको छ ।

यस्तै विभिन्न आरोपमा आमाको साथमा आएको, परिवारले व्यवास्ता गरेका, गाली व्येईजतीमा परेका, घर निकालामा परेका, कुटपिटमा परेका, यौन र्दुव्यवहार,चोरीको आरोपमा, निशुल्क औषधि उपचार सेवा र जवरजस्तीकरण्ी उद्योग जस्ता बालबालिकाका समस्याहरु आउने गरेको सोसेक महिला र बालबालिका केन्द्रकी संयोजक रमा श्रेष्ठले जानकारी दिनुभएको छ ।
वि.सं. २०७३ देिख सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले महिला तथा बालबालिका कार्यालय दैलेख, समन्वयमा एइआएन लक्जेम्वर्ग टिडिएच जर्मनीको सहयोगमा, पकेटरुपमा सेभ द चिल्ड्रेन, हमाल भाडा पसल, मालिका ट्ेडर्स लगायतका व्यपारीको सहयोगमा हिंसा पिडित महिला तथा जोखिममा रहेका बालबालिकाहरुको अधिकार सुनिश्यतताका लागि दैलेख जिल्लामा सोसेक महिला र बालबालिका केन्द्र संचालन गरीएको छ ।
यस वर्ष दैलेख जिल्लामा झण्डै ७ सय १ वटा वालविवाह रोकिएका सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष मञ्जु खड्काले जानकारी दिइकी थिईन भने ३३ वटा महिला हिंसाको उजुरी दर्ता भएको प्रहरी निरिक्षक एकेन्द्र खड्काले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया