कालिकोटमा महामारी, एकैपटक हजार बढि बिरामी

कालिकोटमा महामारी, एकैपटक हजार बढि बिरामी

कालिकोट, यहाँ जिल्लाभरी फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतवारसम्ममा एक हजार भन्दा धेरै विरामी परेका छन । जिल्ला सदरमुकाम रहेका खाडाचक्र नगरपालिकामा मात्रै १ हजार १४ बिरामी भेटिएका छन ।
कालिकोटको जिल्लामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोलेअधिकांश बालबालिका,बृद्ध र महिला प्रभावित भएका छन ।

महामारीवाट अधिकांश बालबालिका विरामी परेकोजिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘गाउँमा अवस्था जटिल रहेकोले केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मी माग गर्नुपर्ने स्थिति आएको डा. अलिको भनाइ छ । भाइरलबाट हजार बालबालिका र ५ सय जतिबृद्ध,महिला बिरामी छन । भाइरल ज्वरो र निमोनियाबाट तीन वालकसहित पाँच जनाको मृत्यु भइसकेको छ । बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ ।

गाउँगाउँमा महामारी फैलिएपनि औषधिको कमीले सबैको उपचार हुन नसकेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डे वताउछन । उनका अनुशार खाँडाचक्र नगरपालिकाका दुई वडामा ५ जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी खटाइएको छ ।

जिल्लाका सवै स्थानीय तहहरुमा भाइरल ज्वरोको प्रकोप फैलिएको जानकारीमा आएपछि नियन्त्रणका लागि आइतवार जिल्ला दैविक प्रको उद्धार समितिको वैठक राखिएकोनिमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए । उनले स्वास्थ्यकर्मीले बिरामी पहिचान गर्ने काम भइरहेको समेत सुनाए । उनका अनुसार भाइरलको महामारी भएकाले थप स्वास्थ्यकर्मी र औषधि माग गर्न जिल्ला अस्पताललाई आवश्यक निर्देशन भएको जानकारी गराए ।

जिल्ला नौवटा स्थानीय तहका स्वास्थ्य चौकिहरुमा प्रत्येक दिन सयौको संख्यामा विरामी आउने गरे पनि औषधी र स्वास्थ्यकर्मीको अभाव रहेको छ । यस्तै जिल्ला अस्पतालमा दिनमा ५ सयभन्दा धेरै विरामी आउने गरेका छन भने ७ देखि १० जनालाई अस्पतालमै भर्ना गर्नु पर्ने अवस्था रहेको छ । newsofn epal

प्रतिक्रिया