नारायण क्याम्पसमा लागेको ताला खोल्न बार्ता समिति

नारायण क्याम्पसमा लागेको ताला खोल्न बार्ता समिति


दैलेख माघ १८नारायण क्याम्पस दैलेखमा लागेको तालाबन्दी खोल्नका लागि वार्ता समिति गठन गरिएको छ । नारायण क्याम्पस प्रमुख र स्ववियुका सभापति र प्रदेश सासंद बसी वार्ता मार्फत समस्या समधान गर्नका लागि वार्ता समिति गठन गरिएको हो । वार्ता समितिको संयोजकमा क्याम्पस संचालक समितिका अध्यक्ष रहेको ५सदस्यीय समिति गठन गरिएको छ । वार्ता समितिलाई एक हप्ताको समय दिएको  छ ।
समितिमा क्याम्पस संचालक समितिका सदस्य खड्क बहादुर सिजापती, तेज बहादुर चन्द, पूर्ण बहादुर शाही, क्याम्पस प्रमुख दिपेन्द्र थापा, स्ववियु सभापति रेखा थापा रहेको समिति निर्माण गरिएको हो । बढेको शुल्क घटाउनुपर्ने, क्याम्पस तथा साहयक क्याम्पस प्रमुखको दोहोरो पेशाका कारणले क्याम्पसलाई प्रयाप्त समय नदिएको र पठन पाठन नहुने समस्याको समाधान खोजीनु पर्ने, पुस्तकालयमा आवश्यक पुस्तक निश्चित मापदण्डमा दिनु पर्ने, २०६८ साल देखि विद्यार्थी बाट उठेको रकम स्ववियुले पाउनु पर्ने रकम खातामा जम्मा गनुपर्ने ,जम्मा विद्यार्थीको उठेको शुल्कको वार्षिक १५ प्रतिशत छात्रबृत्रीको ब्यवस्था गर्नु पर्ने, विषय बिशषेज्ञ प्रध्यापकको ब्यवस्था गरिनु पर्ने र क्याम्पसको आय ब्यय सार्वजनिक गरिनु पर्ने लगायतका १० बुदे मागहरु राख्दै नारायण क्याम्पस स्ववियुले तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया