प्रदेश ३ को पहिलो संसद बैठक, अन्तरिम कार्यविधि पारित

          |   प्रकाशित मितिः बिहिबार, माघ १८, २०७४     ::: 190 पटक पढिएको   |  

हेटौंडा –प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गर्दै प्रदेश नम्बर ३ को पहिलो संसद बैठक सम्पन्न भएको छ ।

प्रदेशको अस्थायी राजधानी हेटौंडामा बसेको बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको हो।

त्यसअघि प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ८ वटै दलका प्रतिनिधिले धारणा राखेका थिए । प्रदेश नम्बर ३ मा एमाले, कांग्रेस, माओवादी, विवेकशील साझा, नेमकिपा, नयाँ शक्ति, राप्रपा र राप्रपा प्रजातान्तिकको प्रतिनिधित्व छ ।

बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए । बैठकको शुरुमै प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइएको थियो । यस प्रदेशसभाका कूल ११० सदस्य छन् । तर, सम्पन्न बैठकमा १०९ संसदको मात्रै गणना भएको थिायो ।

प्रदेश संसदको अर्को बैठक माघ २७ गते बस्ने भएको छ ।



Leave a comment

Your email address will not be published.


*