पोषण सुधारका लागि ७० लाख खर्च गरिने

पोषण सुधारका लागि ७० लाख खर्च गरिने


दैलेख माघ २१ /बहुक्षेत्रीय पोषण योजनाले दैलेख जिल्लामा पोषण सुधारको लागि ७० लाख बढी रकम खर्च गर्ने भएको छ । योजनाले यो आर्थीक बर्षमा कुल ७० लाख २६ हजार ५ सय २४ रुपैयाँ पोषण सुधारको लागि खर्च गर्ने भएको हो । जिल्ला समन्वय समिति दैलेखले आयोजना गरेको वहुक्षेत्रिय पोषण योजना कार्यन्वन सम्बन्धी अभिमुखिकरण कार्यक्रमका उक्त जानकारी दिइएको हो ।
अभिमुखीकरण कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना कार्यान्वय सम्बन्धी जिल्ला समन्वय समितीका पदाधिकारीहरुको भुमीका बिषयमा छलफल समेत गरिएको छ । दैलेखका ११ वटै स्थानीय तहहरु (प्रत्येक नगरपालीका तथा गाउँपालीकाहरुमा) बहुक्षेत्रिय पोषण योजनाका लागि संघिय तथा स्थानीय सरकारबाट बजेट बिनीयोजन भई कार्यान्वयनको चरणमा रहेका जनाइएको छ । कार्यक्रमलाई जिल्ला समन्वय समिती दैलेखले समन्वय, सहजीकरण र अनुगमन गर्ने भएकाले पदाधिकारीहरुको भुमिकाको बारेमा जानकारी गराईएको हो ।
दैलेखमा गत बर्ष देखी नै बहुक्षेत्रीय पोषण योजना कार्यक्रम संचालन हुदै आएसंगै जिल्लाका बिभीन्न गाउँ तथा नगरपालीकालाई कुपोषण मुक्त घोषण गर्ने प्रतिबद्धता पनि सरोकारवालाहरुले यस अघी नै जनाईसकेका छन ।
कार्यक्रममा बहुक्षेत्रिय पोषण योजना कार्यक्रमका जिल्ला संयोजक पवित्रा सापकोटाले दैलेख जिल्लामा हालसम्म बिषयगत कार्यालयले पोषण सुधारमा पुर्याएको योगदान बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, बरिष्ठ प्राविधिक बिमल खेन श्रेष्ठ तथा परामर्शदाता दामोदर न्यौपाने, गैर सरकारी सस्था माहासंग दैलेखका अध्यक्ष महरुप खत्री, नेपाल पत्रकार माहासंघ दैलेखका अध्यक्ष चक्र केसी लगाएतले जिल्लाको पोषण स्थिती बारे धारणा राखेका थिए ।

प्रतिक्रिया