कार्यसूचीमा रहेका मुख्य एजेण्डाहरु प्रदेश संसद सञ्चालन कार्यविधि र सभामुख चयनको मिति र अन्य सबै एजेण्डाहरु बैठकले सर्वसम्मत पारित गरेको सांसद ठम्मर विष्टले जानकारी दिए । बैठकमा सभामुख चयनका लागि यही माघ २९ गतेका लागि प्रस्ताव गरिएको मिति समेत पारित भएको छ । अब २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने छ ।
बैठकमा एमालेबाट यामलाल कंडेल, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, कांग्रेसबाट जीवनबहादुर शाही र राप्रपाबाट शोसीला शाहीले सम्बोधन गरेका थिए । उनीहरुले प्रदेश ६ पछाडि पर्नुको कारण आफूहरु नै भएको स्वीकार गर्दै अब समृद्धिका लागि प्रतिबद्ध भएर लाग्ने बताएका थिए । प्रदेश ६ मा समानुपातिकसहित ४० जना प्रदेश सांसद रहेका छन् ।
प्रतिक्रिया