नवलपरासीको मदार बाबा मेला शुरु

नवलपरासीको मदार बाबा मेला शुरु

सहबान अन्सारी
नवलपरासी माघ २२

नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका वडा नं. महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ । यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०१ औं मेला हो ।


मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब एक सय सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै करिब १ सय जना स्वयंसेवक ,दुई ठाउँमा स्वास्थ्य शिविर, बिस वटा सार्वजनिक शौचालय, नयाँ बाटो निर्माण, लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष निजामुद्दिन अन्सारीले जानकारी दिए ।
महलवारी बजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँपहाडमा अवस्थित रहेको हुँदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै पुग्ने गर्दछन । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गर्दछ ।
बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ ।
मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउँहरूबाट करिब १० लाख भन्दा बढी भक्तजनहरू आउने कुतबुल मदार शाह दरगाह कमेटीले जनाएको छ । यो मेला माघ २२ गते देखी फाल्गुन १ गते सम्म संचालन रहने छ ।

प्रतिक्रिया