(हामी कहाँ चुक्याैं र जिम्मेवार को???)

(हामी कहाँ चुक्याैं र जिम्मेवार को???)

नजान्ने भनी ट्याग लगाईएका हरि र श्याम (नाम परिवर्तन ) २ भाइ:

कुनै शारीरिक कमजोरी छैन, बाअामा, शिक्षा कार्यालय,बिद्यालय,शिक्षक, शिअसं सब छ सबै भएर पनि यी बालक टुहुरा छन।यो कक्षा २ मा पढ्ने २ बालककाे यथार्थ कथा हाे।। १२ जना बिद्यार्थीले नेपाली बिषयकाे”पुस्तक “पाठ पल्टाएर बसिरहेका थिए म कक्षामा पुगेर सबैलाइ साेधे अहिले के पढाइ हुन्छ उनीहरुको उत्तर थियाे “नेपाली बिषय हाे मेडम अाउनु भाकाे छैन” मैले साेधे “पाठ सबैलाई पढ्न अाउछ त” उनीहरुले भने हामी सबैलाइ अाउछ हरि र श्याम लाई अाउदैन। मेराे अाखा अन्तिम वेन्चमा बसेका ति दुई बालक तर्फ गयाे सबैलाई एक एक गरि पढ्न लगाए सबैले पाठ पढ्न सके तर हरि र श्यामले सकेनन्। मलाई किन जानेनन् खुल्दुली भयाे र उनीहरु तर्फ केन्द्रीत भए।
“बाबुहरु यो पाठ पढ्न सक्छौ हाे??”
उनीहरुले भने “नाई जान्दैनाैं कत्ति पनि जान्दैनाैं “

 


नजान्ने किन रहेछ भनेर बुझ्न मन लग्यो र सोधी हाले किन जान्दैनौ पढाएको नबुझेर हो?? साेद्धा” ती दुई मध्ये एक बालक को उत्तर यस्तो थियो।।
“सबैले भनेको हामी केही जान्दैनम रे,,अनि घरमा कत्ति पनि जान्दैनन् भनेर पिट्नु हुन्छ,सर मेडमले यिनिहरुलाई सिकाएर कामै छैन भन्नू हुन्छ,, हाम्रो दिमाग छैन रे।।। हामीले लेखेकाे केही कुरा सहि हुदैन ।।।हामी लेख्न पनि जान्दौनम।।। साथिहरु जिस्काउछन।।”
“त्यसकारण हामी केही पनि जान्दछाै भन्ने बिश्वास हामिलाई छैन हामीलाई त बिश्वास याे छ कि हामी जान्दैनाैं”
संसारमा नजान्ने काेही हुदैन बाबुहरु Talent छन भनेर बिदा भए म।
यस बिषयमा हाम्रो अनुगमन टिम,प्रअ,शिक्षक लगायत संग छलफल भयाे । प्रअकाे बिचारमा “”स्कुलमै सबै भन्दा चकचके बच्चा हुन सर सबैभन्दा फाेहाेरी र नजान्ने तिनै हुन।”
स्राेत ब्यक्ति लाेक सरले भन्नू भयाे “शिक्षक सिकाउन जानेकाे प्राबिधिक हाे संसारमा नजान्ने काेही हुदैन सिकाउने तरिका भएन”
म फरि बच्चासंग पुगे सबै कुरा बुझे र अन्तमा उनीहरुलाई नजान्ने भनेर लगाईएकाे ट्याग नै नजान्नु काे कारण रहेछ यस बिषयमा प्रअलाई हाैसला र प्यारका साथ सिकाउनु याे केशकाे डिट्यल अध्ययन गरि समस्या समाधान गर्नु म म फेरिअाउदा सम्म केही न केही रिजल्ट दिनु भनी अनुराेध गर्दै टाेली फर्कियाे ।
त्यही समयमा मेरो मनमा प्रश्न तेर्सियो,,, के साच्चिकै उनिहरु पाठ पढ्न नसक्नुमा यिनै अबोध बालकको दोष छ त??कहि कतै हामी सरोकारवाला चुकेका छौ कि ??
प्रश्न को उत्तर नपाउदै अर्को कुरा मनमा खेल्यो ,, यी दुई बालक भविस्यका रास्ट्रका सक्षम जनशक्ति हुन।।
यिनी दुई बालक प्रतिनिधि पात्र हुन यस्ता कथा कति बिद्यालयमा छन।।।।।
हामी काहा चुक्याैं पत्ता लगाउन जरुरी छ नत्र रास्ट्र लाई भोलिका दिन मा सक्षम जनशक्ति जुटाउन गाह्रो पर्ने छ।।।
बलबीर सुनार
नगर शिक्षा शाखा प्रमुख
लेकबेशी नगरपालिका सुर्खेत।

फेसवुक पेजवाट

प्रतिक्रिया