संस्थागत क्षमता विकास तालिमसँगै अध्ययन भ्रमण

संस्थागत क्षमता विकास तालिमसँगै अध्ययन भ्रमण


दैलेख माघ २४
स्थानीय संस्थाको संस्थागत क्षमता विकास गरि उनीहरुकै सक्रियतामा स्थानीय स्रोत, साधन र सीपको अधिकतम् प्रयोगद्धारा दिगो विकास गराउन पहल गराउने र संस्थागत विकास सम्बन्धि अनुभव आदान प्रदान र अन्यत्र जिल्लामा गरेको कामहरुबाट सिक्ने उद्देश्यले भैरवी गा.पा., वडा नं. ४ र ५, नौमुले गा.पा., वडा नं. १, ५ र ८, नारायण न.पा., वडा नं. ११ र भगवतीमाई गा.पा., वडा नं. १ मा रहेका ५६ वटा समूहका १३ सय ५३ जना सदस्यहरुको प्रतिनिधीमूलक संस्था पञ्चकोशी एकता समाज (प्रयास) दैलेखका कार्य समिति र वडा स्तरीय मूल समितिका पदाधिकारीहरु समेत गरि २५ जनालाई संस्थागत क्षतमा विकास तालिम र दैलेख देखि ओखलढुंगासम्म संस्थागत अध्ययन भ्रमणको आयोजना सहयोगी हातहरुको समूह (सहास) नेपालको जीविकोपार्जन सुरक्षाका लागि पर्यावरणिय विकास तथा कृषि जैविक विविधता (इडिलिस) परियोजनाले गरेको छ ।
तालिममा मुख्य गरि अधिकारमुखि विकासको अवधारणा, गरिबी र यसका कारण, जलबायु परिवर्तन र यसले पारेका असर साथै अनुकुलनका विषयमा छलफल गरिएको थियो । तालिमको सहजिकरण परियोजनाका संयोजक देबिन्द्र कार्कीले गरेका थिए ।

प्रतिक्रिया