सबैले जान्नै पर्ने मान्नै पर्ने : आयोडिन र यसका फाईदाहरु

सबैले जान्नै पर्ने मान्नै पर्ने : आयोडिन र यसका फाईदाहरु

                              सुजन कटुवाल

मानिसलाई स्वस्थ भएर बाचन तथा उचित बृद्धि र विकासको लागि खानेकुरामा विभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । जसमध्ये आयोडिन पनि एक हो । यो पोषकतत्व अति शुक्ष्म मात्रामा तर दैनिक रुपले खानामा हुन अति आवश्य हुन्छ । शरिरमा यसको कमि हुन गएमा शारिरीक तथा मानसिक रुपले धेरै नकारात्मक असरहरु पर्न सक्छ । यसबाट हुने साधाराण समस्यामा गलगाड र गम्भीर समस्यामा अविकसित शारिरीक तथा मानसिक अवस्था जस्तै क्रैटिनिज्म आदि पर्दछ ।
नेपाली नागरिकहरुको स्वास्थ्य स्थीति सुधार गर्ने,उनीहरुलाई कसरी आयोडिनको अभावबाट हुने विकृति जस्तो समस्याबाट मुक्त गर्दै लैजाने भन्ने सोचका साथ नेपाल सरकार ,स्वास्थ्य मन्त्रालयद्धारा आ.व.२०७०/0७१ बाट ७५ वटै जिल्लामा अग्रेजी पात्रोको फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउने कार्यक्रमको आयोजना गर्न थालिएको हो । जसको उद्धेश्य आयोडिनको कमिबाट जनमानसमा आई पर्ने स्वास्थ्य सम्बन्धि समस्याबारे सचेत गराउने,आयोडिनका आवश्यकता र सो को कमिबाट मानिसहरुको स्वास्थ्यमा पर्ने असरहरुको बारेमा स्थानीय जनसमुदायलाई सचेत गराउने र समुदायलाई उपयुक्त मात्रामा आयोडिन प्राप्त गर्न सकिने माध्यम बनाउने रहेको छ ।
१. आयोडिन के हो  ?
मानव शरिरलाई चाहिने आवश्यक पोषकतत्वहरुलाई सामान्यतया २ भागमा विभाजन गर्न सकिन्छ । बृहृत पोषक तत्व र शुष्म पोषक तत्व । बृहृत पोषक तत्व भन्नाले शरिरलाई धेरै मात्रामा आवश्यक भन्ने बुझिन्छ जस्तैः कार्बोहाइड्रेट, प्रोटिन भने शुष्म पोषक तत्व शरिरको लागि न्युन मात्रामा आवश्यक पर्दछ (जस्तै ः खनिज तथा भिटामिनहरु शुक्ष्म पोषक तत्व अन्र्तगत पर्दछन्) । आयोडिन पनि त्यस्तै शुष्म पोषक तत्व अन्र्तगत पर्ने हाम्रो शरिरलाई दैनिक रुपमा नभई नहुने तर थोरै मात्रामा आवश्यक पर्ने पोषक तत्व हो । विशेष गरी मानव शरिरको मानसिक तथा स्नायु प्रणालिको बृद्धि, विकास तथा संचालनको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्छ । यो आयोडिन मानिसको घाँटिमा रहेको थाइरोइट ग्रन्थिको उचित कार्य कुसलताको लागि आवश्यक पर्छ । थाइरोइड ग्रन्थिलाई उत्तेजित गरी थाइरोइड हर्मोनको उत्पादनमा यस तत्वको मुख्य कार्य हो । जसबाट उत्पादन हुने थाइरोइड हर्मोनले समग्र मानवको बृद्वि, विकासमा सहयोग पु¥याउने काम गर्दछ । आयोडिन मानव शरिरको लागि न्युन तर दैनिक रुपमा आवश्यक पर्ने तत्व हो ।
२. यसको दैनिक आवश्यकता कती  ?
सामान्यतया एक स्वस्थ्य मानिसको लागि दैनिक रुपमा १ सयदेखि ३ सय माइक्रो ग्राम (औषतमा १ सय ५० माइक्रो ग्राम) को आवश्यकता पर्दछ उमेर समुह अनुसार तथा शारिरक अवस्था अनुसार दैनिक रुपमा आवश्यक पर्ने आयोडिनको मात्रा फरक–फरक हुन्छ । गर्भवति महिलाको लागि दैनिक रुपमा २ सयदेखि ३ सय माइक्रो ग्राम, शिशुको लागि ५० माइक्रो ग्राम र बच्चाको लागि १ सय माइक्रो ग्रामको आवश्यकता पर्दछ ।
३. आयोडिनको श्रोत कहाँबाट प्राप्त हुन्छ  ?
दैनिक रुपमा उपभोग गनुपर्ने आयोडिन हामीले खाने साग, सब्जी, तरकारी तथा फलफुलहरुमा पाईन्छ । विशेष गरी हाम्रो जस्तो पहाडी मुलुकको माटोमा रहेको आयोडिन बर्षातको पानीले बगाई हामीले उत्पादन गरेको हरियो सागपात, तरकारी, फलफुलहरुमा आवश्यक मात्रा भन्दा न्युन मात्रामा पाइन्छ । जसबाट हाम्रो शरिरलाई आवश्यक मात्रामा आयोडिनको माग पुर्ति नहुने हुन्छ । सोहि कारणले नेपाल सरकारद्वारा आयोडिनको कमिबाट हुने विकृतिहरुबाट जोगाउने उदेश्यका साथ दैनिक रुपमा उपभोग गर्ने नुन तथा अन्य खाद्यान्नहरुमा पनि आयोडिन मिसाई वितरण गरेको पाईन्छ अतः आयोडिन युक्त नुन अर्को प्रमुख श्रोतको रुपमा मान्न सकिन्छ ।

४. आयोडिनको कमी भएमा के हुन्छ ?

क) गर्भवति महिला तथा शिशुमा  :
ड्ड गर्भवति महिलामा आयोडिनको कमि भएमा गर्भ खेर जाने (गर्भपतन हुने), मरेको बच्चा जन्मने लगायतका अत्यन्तै गम्भीर समस्याहरु देखिन्छन् । यसका साथै गर्भे शिशुमा अविकसित मस्तिष्कको विकाश भई शिशुमा विभिन्न किसिमका समस्याहरु देखिन्छन् जस्तै शुक्ष्म मनस्थितिको बच्चा जन्मने, अंगभंग भएको बच्चा जन्मने, लाटो, लठेप्रो बच्चा जन्मने हुन्छ । मानव मस्तिष्कको ८० प्रतिशत विकास २ बर्ष भित्रकै उमेरमा हुने भएकोले गर्भवती महिला तथा २ वर्ष मुनिको बच्चाको स्याहरमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ ।
ख) बयस्क अवस्थामा :  बयस्क अवस्थामा आयोडिनको कमि हुन गएमा मानिसको थाइरोइड ग्रन्थीको सुजन भई गलगाँड हुन्छ । छोटो समय आयोडिनको कमि भई देखिने गलगाँड सुरुवाती चरणमा उपचार गरी निको पार्न सकिन्छ भने लामो समयसम्म आयोडिनको कमि भई सुरुवाति चरणमै उपचार गरीएन भने गलगाँडलाई निको पार्न कठिन हुन्छ । यसका साथै आयोडिनको कमि भएमा शरिरमा थकान महसुस हने, हात खुट्टा झमझमाउने लगायतका शारिरिक असरहरु देखिनाले दैनिक कामकाजमा समेत समस्या हुने हुन्छ ।
५. हाम्रा गलत व्यवहारहरु जसको कारणले हाम्रो खानामा भएको आयोडिन नष्ट हुन्छ 
 तरकारी तथा सागपातहरु गलाएर पकाउने जसको कारणले तरकारी तथा सागपातमा भएको आयोडिन तातोको कारणले नष्ट भइ उडेर जान्छ ।
 तरकारी पकाउदा सुरुमै नुन राख्ने जसले गर्दा तातोले तरकारीमा भएको आयोडिन नष्ट भई खेर जान्छ ।
 आयोडिन युक्त नुन खुल्ला राख्ने, आगो वा तातोको नजिक राख्ने, आयोडिन युक्त नुन घाममा राख्ने, खानेकुरामा नुन राख्दा नुन पखालेर राख्ने आदि व्यवारबाट पनि आयोडिन नष्ट हुन्छ ।
६. नेपालमा आयोडिन युक्त नुनको उपलब्धताः
नेपाल जनसंख्किय तथा स्वास्थ्य सर्वे २०१६ अनुसार ६ महिनादेखि ५९ महिनाका बच्चा भएका ९५ प्रतिशत घरधुरीमा आयोडिन युक्त नुन पाईएको छ । आयोडिन युक्त नुनको उपलब्धता सबैभन्दा कम मध्य पश्चिमाञ्चल क्षेत्रको ६ नं प्रदेशमा पाइएको छ जसमा ६ महिनादेखि ५९ महिनाका बच्चा भएका १सय घरधुरी मध्य ८२ घरमा मात्र आयोडिन युक्त नुन रहेको देखाएको छ । सोहि अनुरुप ग्रामिण भेगमा (९२.४ प्रतिशत), सहरी क्षेत्रमा (९६.२) हिमाली क्षेत्रका ८९.६, पहाडी क्षेत्रका ९०.९ र तराई क्षेत्रका ९७.५ घरधुरीमा आयोडिन युक्त नुन उपलब्ध रहेको पाईएको छ ।
त्यसैगरी, सन् २०१२ मा सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा गर्भवती महिलामा गरीएको एक अध्ययनमा २८.६ प्रतीशत गर्भवती महिलामा कडा किसिमको आयोडिनको कमी रहेको, ३४.७ प्रतिशतमा आयोडिनको कमी भई देखिने थाइरोइड हर्मोनको कमी हुने जोखिम रहेको र ५.१ प्रतिशतमा आयोडिनको कमि भई देखिने नकारात्मक स्वास्थ्य समस्याको जोखिम रहेको देखाएको छ । “तसर्थ दैनिक उपभोग्य आयोडिनको उचित प्रयोग गरौ र आयोडिनको कमिबाट हुने रोगबाट बचौ ”

लेखक सेभद चिल्ड्रेन दैलेखमा परियोजना संयोजकको रुपमा कार्यरत छन्

 

प्रतिक्रिया