११ सय गन्दा कुल वहादुर अगाडी

११ सय गन्दा कुल वहादुर अगाडी

दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनको मतदान सम्पन्न भए लगतै मत गन्न शुरु भएको थियो ११ सय मत गन्दा कुल वहादुर ५९९ र नरेन्द्र थापा ४९३ मत पाएका छन् । शुक्रवार विहान देखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । कुल २ हजा २ मतदाता रहेको दैलेख उद्योग बाणिज्य संघ दैलेखको निर्वाचनमा जम्मा १७ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान सकिए लगत्तै मत गणना पनि आजै साझँ देखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्ष सहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान भएको थियो । निर्वाचनमा दुई वटा प्यानल प्रतिष्पर्धामा छन् ।
संघको अध्यक्ष पदका लागि प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट दैलेख उद्योग बाणिज्य संघ दैलेखका निवर्तमान महासचिव नरेन्द्र थापा र साझा उद्यमी व्यवसायी प्यानलबाट निर्वतमान बाणिज्य उपाध्यक्ष कुल बहादुर वि.क. प्रतिशपर्धामा छन् ।
यस्तै प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट महिला सदस्यका लागि विष्णु कुमारी जैसी प्रतिशपर्धामा छिन् । अन्य १५ जना सदस्यहरुमा अशोक कुमार थापा, कृष्ण प्रसाद कोइराला, कृष्ण प्रसाद श्रेष्ठ,गणेश बहादुर खड्का, गोपाल बहादुर (बुढा) विसी, टोप बहादुर नेपाली, तारा केशर शर्मा अधिकारी, प्रेम वली, माधवराज अधिकारी, मोहनजंग, राजु खड्का, राम प्रसाद शर्मा, लक्ष्मी रुपाखेती, शम्सेर मल्ल र शंकर श्रेष्ठ रहेका छन् ।
यस्तै साझा उद्यमी व्यवसायि प्यानलको तर्फबाट महिला सदस्यका लागि राधा ज्ञवाली तथा अन्य सदस्य पदका लागि झवीराज खत्री (कवी), भक्त रावत, पदम बुढा, मन बहादुर कटुवाल,गोपाल शाही, पूर्ण प्रसाद पाण्डे, परे खड्का (पदम) संदेश (शैलेश) श्रेष्ठ, योगेन्द्र सिग्देल, देवेन्द्र केसी, रुपक थापा (रविन्सन),राजेश हमाल, यत्र प्रसाद रेग्मी, गगन बहादुर कार्की र नविन थापा रहेका छन् । निर्वाचन समितिका अनुसार अब केहि समय पछि मत गणना सुरु हुने र आजै राती सम्म अन्तिम परिणम सार्वजनिक हुने जनाएको छ ।

प्रतिक्रिया