जिएमआर कम्पनीको कार्यालयमा बम बिष्फाेट

जिएमआर कम्पनीको कार्यालयमा बम बिष्फाेट

विप्लव समूहले बिष्फाेट गरेकाे अाशंका

दैलेख माघ २८ –  माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको जिएमआर कम्पनीको कार्यालयमा शनिबार बम विष्फाेट भएको छ ।

दैलेख र सुर्खेतको कार्यालयमा एकै पटक प्रेसर कुकर बम विष्फाेट भएको क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी सुरेश विक्रम शाहले जानकारी दिनुभयो । राति १० बजेर ५ मिनेटमा दैलेखको कार्यालय र सुर्खेत स्थित विरेन्द्रनगर ८ मा रहेको जिएमआरको कार्यालयमा बम विष्फाेट भएको हो ।

डिआइजी शाहका अनुसार कार्यालयको गार्ड बस्ने पर्खालमा जोडिएको कोठामा बम विष्फाेट गरिहेको थियाे । बम विष्फाेटका कारण नजिकै रहेका दुई तीन घरको सिसा फुटेको छ ।

विगतमा पनि विप्लव माओवादीको समूहले बम विष्फाेट गराइरहेकाले घटना विप्लव माओवादीले गरेकाे हुनसक्ने अाशंका गरिएको डिआइजी शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया