चामुण्डाविन्द्रासैनीमा किवि खेती

चामुण्डाविन्द्रासैनीमा किवि खेती

चामुण्डा ।  चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखमा किवि खेती गरिएको छ । नगरपालिकामा आर्थिक समृद्धि बनाउने उद्देश्यका साथ किवि खेती गरिएको हो । प्रदेश नं . ६ मै पहिलो पटक किवि खेती गर्न लागि चामुण्डाविन्द्रासैनी नगरपालिका कृषिका शाखा प्रमुख डिल्लीप्रसाद शर्माले जानकारी दिए ।

चामुण्डाविन्द्रासैनी वडा नंं १ मा किवि प्रशस्त फल्ने भएपछि आफुले ५ सय बोट खरिद गरी ल्याएको जानकारी दिए । उनले भने, ‘किपिको फल महंगो हुन्छ ।

हाल नेपाली बजारमा प्रतिकिलो ८ सय देखि १२ सयसम्म विक्रि हुने गरेको उनले बताए । वडा नं. १ का वडा अध्यक्ष रंगबहादुर तामाङको आग्रह अनुसार १ लाख ५० हजार रुपैयामा दोलखाबाट किविका बिरुवाहरु खरिद गरि ल्याईएको प्रमुख शर्माले जानकारी दिए । रक्त अल्पता भएका व्यक्ति मुटु रोगहरुका लागि किविको फल आवश्यक गर्ने उनले बताए । अग्रेजीमा किवि भएनिपनि नेपालीमा ठेक्की फल भन्ने गरिएको उनको भनाई छ ।

के हो किवि ?

फलको राजा किवीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । किवीलाई शक्ति बद्र्धक र क्यान्सरको औषधि मानिन्छ । किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ । किवीसँगै भित्रीबालीका रुपमा अदुवा, बेसार, कुरिलो, केरा, चिराइतो, सतुवा आदिको खेती गर्न सकिन्छ ।

समुद्र सतहबाट ८ सय देखि २ हजार मिटर उचाइको पहाडी क्षेत्रमा राम्ररी फलाउन सकिन्छ, किवी । निर्यात योग्य किवी उत्पादनका लागि १ हजार देखि २ हजार मिटर उचाइको जमिन उपयुक्त मानिन्छ । यसले यो खेतीमा नेपालको सम्भावना पनि प्रष्ट पार्दछ । नेपालको मध्य पहाडमा आलिसन र हे–टोमोरी जातका किवी गज्जबले फल्छन् । एक पटक रोपेको सात वर्षपछि फल्न शुरू गर्ने किवीले ६० वर्ष निरन्तर फल दिइरहन्छ । एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा १०० केजीसम्म फल्छ ।

नेपालको पहाडी भेगको १० लाख हेक्टर जमिन किवीका लागि उपयुक्त छ । प्रतिरोपनी वार्षिक सरदर रु.१ लाख आय दिनसक्ने किवीसँगै बेसार, अदुवा, कुरिलोलगायतको मिश्रित खेती गर्न सकिन्छ । किवीमा अहिलेसम्म रोग–कीरा देखापरेको छैन ।

सरकारले आवश्यक प्रविधि, सिप, कर्जा र बजारको प्रवन्ध गर्नु हो भने पक्कै त्यो दिन टाढा छैन । चीनकै बजारलाई नपुग्ने स्थिति छ । फल बाहेक किवीको जाम, जुस, जेली, वाइन, मासु ‘सफेनिङ्ग’ र कस्मेटिक सामग्री बनाउन सकिन्छ, जसको राम्रो मूल्य पाइन्छ्र ।

प्रतिक्रिया