राजबहादुर शाही प्रदेश ६ को सभामुख बन्ने निश्चित

राजबहादुर शाही प्रदेश ६ को सभामुख बन्ने निश्चित

सुर्खेत २८ माघ– प्रदेश नम्बर ६ को प्रदेश सभाको सभामुखमा नेकपा एमालेका राजबहादुर शाही बन्ने निश्चित भएको छ । सुर्खेतमा आइतवार बसेको एमाले संसदीय दलको बैठकले शाहीलाई प्रदेश नम्बर ६ को सभामुखमा सिफारिश गरेको हो ।

माओवादी केन्द्रले प्रदेशको मुख्यमन्त्री र एमालेले सभामुख पाउने सहमति अनुसार शाही वामपन्थी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । शाही दैलेख -२ को (ख) वाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया