स्थानीय तहलाई भर्ती केन्द्र बनाइयो

स्थानीय तहलाई भर्ती केन्द्र बनाइयो

नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले राज्य संघिय संरचना पश्चात बनेका स्थानीय तहहरु कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाएका छन् । २३ औ जनयुद्ध दिवसको अबसर पारि नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले सयुक्त रुपमा दैलेख सदरमुकामका गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो आरोप लगाएका हुन् । स्थानीय तहमा विजयी भएको ठुला दलहरुले स्थानीय तहहरुलाई आफु निकट कार्यकर्ताको भर्ती केन्द्र बनाएको भन्दै उनिहरुले आक्रोस पोखेका छन् ।


पत्रकार भेटघाटमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)मा जिल्ला इन्चार्ज दिपक कुमार शाहीले पछिल्लो समय सबै भन्दा धेरै भ्रष्टाचार र अनियमितता स्थानीयतहरु गाउँपालिका र नगरपालिकाहरुमा भइरहेको भन्दै अब स्थानीय तहहरु मार्फत नयाँ संघर्षको सुरुवात हुने बताए ।
उनले स्थानीय तहहरुमा बेतीथी बढिरहेको बताउदै त्यसको अन्त्य गर्नका लागि आफुहरु संघर्ष गरिरहेको बताए । केहि दिन अघि मात्रै माथिल्लो कर्णाली आयोजनाको सुर्खेत र आयोजना स्थलमा गरिएको बम विस्फोटमा तपाईहरुको संलग्नता छ की भन्ने पत्रकारहरुको पश्नमा शाहीले भने ‘यो सच्चा नेपाली जनताले गरेका हुन्, त्यसमा हाम्रो पनि समर्थन छ ।’
नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले जनताको पुरा गर्नका लागि नयाँ संघर्षको थालनी गर्ने घोषणा समेत गरेका छन् । नेपाली जनताको जनजिवीकाको सवाललाई संस्थागत गर्नका लागि फेरी संघर्षमा जान तयार रहेको उनिहरुले बताएका छन् । १० बर्षे जनयुद्धका बेला संगै हिडेको अहिलेको माओवादी केन्द्रले व्यक्तिगत स्वार्थ पुरा गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले न्यायपूर्ण र जनताको पक्षमा संघर्ष गर्ने बताए ।
उनिहरुले सबैलाई एकिकृत गर्दै नयाँ ढंगबाट संघर्षको थालनी गर्ने समेत जानकारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले दैलेखमा पनि २३ औ जनयुद्ध दिवसको अबसर पारि भोली (फागुन १ गते) महान जनयुद्ध सम्बन्धि अन्तरक्रिया चिया पान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया