पदिय जिम्मेवारी बाडफाँड

पदिय जिम्मेवारी बाडफाँड


दैलेख, फागुन १- दैलेख उद्योग बाणिज्ष्य संघ दैलेखको नवनिर्वाचित अध्यक्ष सहित १६ जना सदस्यहरुबाट पदाधिकारीको जिम्मेवारी बाडफाँड गरिएको छ । संघको ८ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष र १६ जना सदस्यबाट पलिदय जिम्मेवा।ी बाडँफाँड गरिएको हो ।संघको अध्यक्षमा दैलेख जिल्लामा सफल व्यापारि तथा यस अघिका बाणिज्य उपाध्यक्ष कुल बहादुर वि.क. निर्वाचित भइसकेका छन् । निर्वाचित सदस्यहरुको दोस्रो बैठकले पदिय जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले संघको बरिष्ठ उपाध्यक्षमा कविराज खत्रीलाई जिम्मेवारी तोकको छ । यस्तै बाणिज्य उपाध्यक्षमा रुपक थापा, उद्योग उपाध्यक्षमा भक्त बहादुर रावत, महासचिव राजेश हमाल तथा सचीवमा यज्ञप्रसाद रेग्मी र कोषाध्यक्षमा सैलेश श्रेष्ठलाई जिम्मेवारी तोकको छ । गत शुक्रवार भएको मतदानमा अध्यक्ष पदमा कुलबहादुर बिक ८ सय ५५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत पाएका थिए । उनीहरुबीच ७१ मतको अन्तर थियो ।
संघको विधान अनुसार अनुसार १७ सदस्यीय कार्यसमितिमा १ जना मात्र महिला समावेशी आरक्षित रहेको सीटमा राधा ज्ञवालीले जितेकी     छिन् ।  अन्य सदस्यहरुमा अशोक थापा, कृष्णप्रसाद श्रेष्ठ, गोबिन्द कार्की, देवेन्द्र केसी, पदम बुढा, परे खड्का, पूर्णप्रसाद पाण्डे, योगेन्द्रप्रसाद सिग्देल, राजु खड्का रहेका छन् ।

प्रतिक्रिया