सुरु भयो नयाँ शहर आयोजनाको काम

सुरु भयो नयाँ शहर आयोजनाको काम

सरकारको मध्ये पहाडी राजमार्गमा पर्ने १० वटा स्थानमा नयाँ शहर निर्माण गर्ने आयोजना अन्तर्गत दैलेखको राकम कर्णालीलाई नयाँ शहरको रुपमा विस्तार गर्ने योजना यो वर्षबाट सुरु भएको छ । जग्गा मुआब्जाको विवादले लामो समयदेखि काम सुरु हुन सकेको थिएन । स्थानीय जग्गादाता र आयोजनवीच मुआब्जामा बिवाद मिल्न नसकेपछि अहिले रणनीति परिवर्तन गरेर काम सुरु गर्न थालिएको हो । नयाँ रणनीति अनुसार जग्गादाताले जग्गा प्रदान गर्नेछन् । कुल जग्गाको ३० प्रतिशत जग्गा सडक र अन्य पुर्वाधारमा मासिने छ र बचेको ७० प्रतिशत जग्गा जग्गाधनिलाई नै फिर्ता हुनेछ । यसलाई (ल्यायडपोलिङ्ग) का आधारमा तय गरिएको छ ।  स्थानीय सरकार गठन पश्चात अहिले आयोजनाले काम अगाडी बढाएको आठवीस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले बताए । जनताको भेला गरेर आयोजना निर्माणबारे छलफल भएको छ । हरेक बर्ष आयोजनाका लागि रकम आउने र फ्रिज हुने प्रचलन थियो अव त्यो बन्दु गर्नुपर्छ र काम गर्नुपर्छ भन्दै आफुहरुले दवाव दिएको उपाध्यायले बताए । कतिपय रोक्का गरिएका जग्गाहरु फुकुवा भएका छन, अव नयाँ शहरले गति लिने अवस्था देखिएको छ ।

गत वर्ष आयोजनाले ६ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । सडक निर्माण, सार्वजनिक जग्गा संरक्षण लगायतका काममा रकम खर्च गरिएको छ । यो वर्ष पनि आयोजनाका लागि १० करोड रुपैयाँ प्राप्त भएको ईन्जिनियर संजिव शाहले बताए । यो वर्षको बजेटबाट सडक पूर्वाधार लगायतका कामहरु भैरहेको शाहले बताएका छन् । कामको अनुगमन र मुल्याँकन प्रभावकारी बनाउन स्थानीय सरकारले चासो बढाउनुपर्ने सुझाव स्थानीय बासिन्दाहरुले दिएका छन् । राकमकर्णालीको वडा नं. ४ सेरावाडा र वगर खेतमा नयाँ शहरका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्न डि.पि.आर सुरु गरिएको छ । निकै उब्जाऊ मानिएको जमिनहरु नयाँ शहरले मासिने भएपनि नयाँ शहर बसेपछि पहाडबाट बसाँई सरेर तराई जाने मानिसहरुको संख्या भने घट्ने आशा गरिएको छ ।

प्रतिक्रिया