प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त

सुर्खेत- प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका छन्। विहीबार प्रदेश प्रमुख दुर्गाकेशर खानाल शाहीलाई नियुक्त गरेका हुन्। शाही कालिकोट प्रदेश ‘ख’ बाट निर्वाचित सांसद हुन्। यसअघि माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको बैठकले सांसद महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको थियो।
प्रतिक्रिया