प्रतिनिधिसभा सदस्य बिसुन्केलाई सम्मान

प्रतिनिधिसभा सदस्य बिसुन्केलाई सम्मान

दैलेख-जिल्लामा दलित आन्दोलनका बिभिन्न पक्षमा महत्वपूर्ण काम गर्दै आएकी दलित नेतृ एवं अधिकारकर्मी पार्वती बिसुन्के प्रतिनिधि सभामा समानुपातिक सदस्य मनोनित भएपछि उनलाई जिल्लामा सम्मान गरिएको छ । मनोनित भएसँगै जिल्लामा रहेका दलित अधिकारकर्मीहरुले उनलाई सदरमुकाम दैलेख बजारमा सम्मान गरेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपसंयोजक लक्ष्मि शाहले जिल्लाका आम समस्याहरुका बारेमा थप सशक्त भएर अगाडी बढ्न प्रतिनिधि सभा सदस्य बिसुन्केलाई आग्रह गरेकी छन् । बिशुन्केले आफु जिल्लाका बिभिन्न समस्याहरुको बारेमा परिचित भएकोले यस क्षेत्रमा बिभिन्न समस्या झेल्दै आएका महिलाहरुको वकालतका बारेमा झनै सशक्त भएर अगाढी बढ्ने बताईन् ।

प्रतिक्रिया