धार्मिक आयोग आवश्यक

धार्मिक आयोग आवश्यक


दैलेख, फागुन ४ –  दैलेख सदरमुकामस्थित जीवन ज्याति चर्चका पाष्टर बीर्ष बयलकोटीले धर्म निरपेक्ष राज्य कार्यान्वयन गर्न धार्मिक आयोगको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केको सम्मानमा आज आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा सो कुरा औल्याउनुभएको हो ।
पाष्टर बयलकोटीले संविधानमा लेखिए अनुसार धर्म निरपेक्ष राज्य पनि हिन्दू वाहेकका धार्मिक संस्थाहरुलाई पक्षपाती दृष्टिकोण राख्ने सरकारी रबैयाको कारण क्रिश्चियन लगायतका धार्मिक क्रियाकलापमा समेत असहयोग भइरहेको बताउनुभयो ।
साँसद बिशुन्केले आफू हिन्दू भए पनि क्रिश्चियन आस्थाको सम्मान गर्ने बताउदै सबै धर्म र सम्प्रदायलाई समान व्यवहार गर्ने नीतिगत व्यवस्था गराउन आफूले पहल गर्ने वचन व्यक्त गर्नुभयो ।
जीवन ज्याति चर्चमै गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बिश्वासीहरुले पुष्प गुच्छा र माला लगाई दिनुको साथै कार्यकाल सफलताको निम्ति शुभेच्छा व्यक्त गर्नुभएको थियो । त्यस बखत साँसद बिशुन्केकी आमा जसुदा बिशुन्केलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया