सरसफाई कार्यक्रम

सरसफाई कार्यक्रम

दैलेख, फागुन ६ – राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दैलेखमा सरसफाई कार्यक्रम गरिएको छ । विविध कार्यक्रम सहित दिवस मनाउन दैलेखमा फागुन ३ गतेको तयारी बैठकको निर्णय अनुसार सरसफाई कार्यक्रम गएिको हो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, उपप्रमुख लक्ष्मी शाह, नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्का, दैलेख प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपाने, प्रहरी नायव उपरीक्षक सरोज पौडेल लगायतका अधिकारीहरुको सरसफाई कार्यक्रममा सहभागिता थियो ।
प्रमुख थापाको अध्यक्षतामा गठित १ सय १ सदस्यीय मूल समारोह समितिले फागुन ७ गते प्रभातफेरी तथा जिल्ला समन्वय समितिको सभाहलमा प्रवचन कार्यक्रम र ८ गते विहान विरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया