राससकर्मी रिजाल सम्मानित

          |   प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     ::: 291 पटक पढिएको   |  

दैलेख फागुन ७- द्धन्द्धको समयदेखि पत्रकारितामा होमिएका दैलेखका पत्रकार नविन रिजाल राष्टिय समाचार समितिको ५७ औं बार्षिक उत्सवमा ६ नं. प्रदेशको उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत भएका छन् ।


बिभिन्न कारणले अस्वस्थ हुँदा हुँदै पनि रिजालले लामो समयदेखि राष्टिय समाचार समितिमा दैलेखबाट समाचार संकलन गर्दै आएका थिए । पहाडी जिल्लाबाट रा.स.समा काम गरेको भन्दै रिजाललाई काठमाण्डौंमा भएको बार्षिक उत्सवको अवसरमा नगद सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ ।
संचार सचिव केदारबहादुर अधिकारीले उनलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरेका हुन् । दैलेखबाट काम गर्न चुनौती त छँदै छ त्यसमा पनि आफु अस्वस्थ हुँदाहुदा पनि समाचार दाताको रुपमा काम गरेको र रा.स.ले गरेको सम्मानले आफुलाई झनै काम गर्न प्रेरणा प्रदान गरेको रिजालले बताए ।



Leave a comment

Your email address will not be published.


*