शैक्षिक गुणस्तर विकास अभियानको थालनी

शैक्षिक गुणस्तर विकास अभियानको थालनी


मुलुक संघीय संरचना पश्चात बनेका स्थानीय तहहरुले शैक्षिक गुणस्तर विकासको लागि अभियानको थालनी गरेका छन् । अभियान अन्तरगत कालीकोट जिल्लाका सान्नि त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाको शिक्षा बिभागले प्रारम्भिक कक्षा पठन सीप विकास कार्यक्रम संचालन गरेका छन् । तालिमको उद्घाटन कार्यक्रममा सान्नि त्रिवेणी गाउँपालिकाका शिक्षा बिभागका संयोजक गगन फडेराले बालबालिकाहरुको पढाइ सीप र बोधको स्तर राष्ट्रिय मापदण्ड भन्दा न्यून रहेको बताउदै उक्त कहाली लाग्दो अवस्थालाई सुधार गरि अबको ५ बर्षमा राष्ट्रिय मापदण्डमा पु¥याउने काममा शिक्षकहरुलाई लाग्न आग्रह गरेका छन् । उनले सकारात्मक परिवर्तनका आधारमा शिक्षकहरुको कार्यसम्पादक मुल्यांकन गरि दण्ड र पुरस्कारको व्यवस्था शिक्षा विभागले यथाशिघ्र कायम गर्न लागेको बताए ।
तालिम समापन कार्यक्रममा नरहरिनाथ गाउँपालिकाको शिक्षा बिभागका संयोजक पंख विष्टले स्थानीय तहले गर्ने निणर्यहरु नै नीति सम्झेर विद्यार्थी र विद्यालयको हितमा भएका निणर्यहरुलाई अक्षरस कार्यान्वयन गर्न विभागले प्रयास गर्ने बताए । उनले २० बर्ष देखिको दण्डहीनताको मानसिकता त्याग्दै राजनीतिक पहुँचका आधारमा बालबालिकाहरुको शिक्षामा खेलवाड गरिए कानुनी कार्बाहीको दायरामा ल्याइने बताए । विष्टले कार्बाहीको पहिलो पक्रिया नीजि श्रोतका शिक्षकहरुलाई समेत राम्रो गरेको खण्डमा पेशामा ग्यारेन्टी गरिने बताएका छन् । हामीले राम्रा शिक्षक पाएका छैनौ, उनले भने ‘राम्रो शिक्षक बन्नुहोस, पेशाको ग्यारेन्टीको जिम्मा शिक्षा विभागले लिन्छ ।’
प्रारम्भिक कक्षा पढाई सिप विकास कार्यक्रम संग सम्बन्धित तालिममा शैक्षिक सामग्री निमार्ण, शैक्षणिक योजना निर्माण, कक्षा कोठा शिक्षण सिकाईको नमुना अभ्यास लगाएतका क्रियाकलापहरुमा स्थानीय तह, शिक्षकहरु र साझेदार संघ संस्थाका प्रतिनीधिहरु विच छलफल गरिएको थियो । तालिम कालीकोट जिल्लाका सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाको शिक्षा बिभागको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थीक सहयोग एवम् क्रिडार्क नेपाल कालीकोटको समन्वयमा सम्पन्न भएको थियो भने तालिमको सहजिकरण शैक्षिक अभियान्ता वासुदेव उपाध्यायले गरेका थिए । गत २६ गते देखि २९ गते सम्म सान्नी त्रिवेणी गाउँपालिका कालिकोटमा संचालन भएको तालिममा २७ जना आधारभुत तहका शिक्षकहरुको सहभागिता रहेको थियो भने फागुन २ गते देखि ५ गते सम्म नरहरिनाथ गाउँपालिकामा संचालन भएको तालिममा ३२ जना आधारभुत तहका शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया