स्वास्थ्य क्लिनिकको उद्घाटन

स्वास्थ्य क्लिनिकको उद्घाटन


चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले सो नगरपालिकाको वडा नं. ७ खालीचाखामा स्थापना गरिएको स्वास्थ्य क्लिनिकको आज एक समारोहवीच उद्घाटन गर्नुभयो ।
लयाटी स्वास्थ्यचौकी टाढा परेको र नगरपालिकाकै विकट गाउँ बस्ती भएकोले सामान्य स्वास्थ्य उपचार सहज रुपमा पु¥याउन स्वास्थ्य क्लिनिक स्थापना गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले विकासमा यो वडाको सक्रियताको प्रशंसा गर्दै सामाजिक सचेतनामा बढावा दिन स्वास्थ्यकर्मीहरुलाई सुझाव दिनुभयो ।
वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा भएको स्वास्थ्य क्लिनिक उद्घाटन कार्यक्रममा जयदेव मावि जम्बुकाँधका प्रधानाध्यापक तिलक शर्मा, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिअहेव मानकुमारी शाही, क्लिनिक इञ्चार्ज सुनिता शाही लगायतले स्वास्थ्य क्लिनिकले दिने स्वास्थ्य सेवा र सरोकारवालाको भूमिका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया