दैलेखमा एक्सन स्टार निखिलको क्रेज

दैलेखमा एक्सन स्टार निखिलको क्रेज


गत माघ २९ गते बाट सुरु भएको दैलेख साँस्कृतिक महोत्सबको अन्तिम दिन । नेपाली चलचित्र क्षेत्रका चर्चित एक्सन स्टार निखिल उप्रेती भन्ने वित्तीकै हुरुक्कै हुने दैलेखी दर्शकहरुको भिडले दैलेख सदरमुकामको काँडाचौर भरिभराउ बनिसकेको थियो । त्यसमाथी नेपाली चलचित्र क्षेत्रका चर्चीत एक्सन नायकको उपमा पाएका निखिल उप्रेती आउने खबर पाएका दर्शकहरु विहानै देखि अञ्जुको पर्खाइमा थिए । महोत्सबका अन्य दिनहरु भन्दा महोत्सबको अन्तिम दिन दर्शक मञ्च विहानै देखि भरिभराउ देखिन्थ्यो ।

सुरुमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती हेरेका दर्शकहरु एक्सन स्टारको रुपमा परिचय बनाएका नायक निखिल उप्रेतीको बेग्र प्रतिक्षामा थिए । सधै टिभि र मोवाइलमा निखिलको भूमिकामा बनेका चलचित्रहरु हेरेका दैलेखी दर्शकहरु निखिललाई प्रत्यक्ष रुपमा देख्नलाई निकै आतुर देखिन्थे ।
दैलेख महोत्सब स्थल काँडाचौरमा आइपुग्दा निखिलको निकै राम्रो क्रेज देखिएको छ । जब निखिल दर्शक दिर्घा हुँदै मञ्च तर्फ सोझिए तब दर्शकले निखिल दाइ भन्दै हुटिङ लगाएका थिए ।
निखिलको आगमन संगै दर्शकहरु एक्कासी हुटिंग गर्न थाले । उनि दर्शक दिर्घाको नजिकै पुग्दा दर्शक दिर्घामा हलचल मच्चीयो । सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई दर्शकहरुलाई सम्हाल्ने हम्मे हम्मे पर्यो । केहि समयको विश्राम पछि शान्त स्वभावमा स्टेजमा देखा परेका एक्सन स्टार निखिल उप्रेतीले दर्शकहरुलाई भैरव चलचित्रको डाइलग पस्कीए । यसै पनि एक्सन स्टार निखिल उप्रेतीको क्रेज निकै राम्रो रहेको छ । नेपालमा एक्सन स्टारको रुपमा परिचित निखिलको दर्जनौ चलचित्रहरु दैलेखी दर्शहरुले निकै रुचाएको थिए ।

नेपालकै एक्सन स्टारको रुपमा परिचय बनाएका नायक निखिल उप्रेतीले चर्चीत मोडल दिपासा विसी संगको ‘मैले तिमीलाई मन पराएको अवस्था हो’ गितमा नृत्य देखाए । महोत्सबको अन्तिम दिन एक्सन स्टार निखिल उप्रेती संगै चर्चित मोडल दिपासा विसी, गायक धिरेन्द्र शाही लगाएतका कलाकारहरुले प्रस्तुती देखाएका थिए ।
दैलेखको शान, पर्यटकिय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान भन्ने मुल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा गरिएको दैलेख साँस्कृतिक महोत्सबको अन्तिम दिन १५ हजार भन्दा बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् ।
४३ लाखको कारोबार
दैलेखको शान, पर्यटकिय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान भन्ने मुल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा अनाथ बालबालिकाको सहयोगार्थ संचालन भएको दैलेख सास्कृति महोत्सब सकिएको छ । गत माघ २९ गतेबाट सुरु भएको दैलेख साँस्कृति महोत्सब मंगलवार सकिएको हो । साँस्कृति महोत्सबको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले जिल्लाको पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । उनले यस्ता कार्यक्रमहरुले जिल्लाको सास्कृति सम्पदाहरुको प्रचार प्रसारमा टेवा पुग्ने बताएका छन् । यस्तै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले पत्रकारहरुले साँस्कृति महोत्सब आयोजना गरि दैलेख जिल्लाको सँस्कृति बचाइराख्ने काम गरेकोमा धन्यवाद दिएका छन् । समापन कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघ दैलेखका नवनिर्वाचित अध्यक्ष कुल बहादुर वि.क., प्रेस चौतारी नेपाल दैलेखका अध्यक्ष पुस्कर थापा लगाएतले मन्तव्य राखेका थिए । यस्तै महोत्सब समापन कार्यक्रममा बोल्दै महोत्सबका संयोजक गोविन्द केसीले महोत्सब सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । महोत्सबका आर्थीक संयोजक अविशेक अनुरागका अनुसार कुल ४३ लाख बराबरको कारोबार भएको छ । उनका अनुसार कुल कारोबार भएको रकमबाट खर्च कटाएर बचेको रकमको २५ प्रतिशत रकम अनार्थ बालबालिकाहरुलाई सहयोग गरिएको छ ।

प्रतिक्रिया