जिप दुर्घटनामा परि ४ जना ज्यान गयो

जिप दुर्घटनामा परि ४ जना ज्यान गयो

 

दैलेख फागुन १०दैलेख सदरमुकाम देखि महावु गाउँपालिकाको गैडावाज तर्फ जाँदै गरेको लु १ ज ३२३५ नम्बरको जिप महावु गाउँपालिका वडा नं. ४ ओखलढुंगामा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना सवार भएको स्थानीयले जानकारी दिएका छन् ।

दुर्घटनामा परि ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी परोज पौडेलका अनुसार प्रहरीको टोली घटनास्थल तर्फ जाँदै गरेको छ । (थप विवरण आउन बाँकी)

प्रतिक्रिया