अपडेट ः ४ जनाको घटनास्थलमै मृत्यू , घाइतेको अस्पतालमा उपचार हुँदै, मृतकको सव ल्याउने तयारी

अपडेट ः ४ जनाको घटनास्थलमै मृत्यू , घाइतेको अस्पतालमा उपचार हुँदै, मृतकको सव ल्याउने तयारी


दैलेख फागुन १०-  दैलेख सदरमुकामबाट गैडाबाजका लागि छुटेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप दुर्घटनामा घाइते ५ जनाको दैलेख जिल्ला अस्पतालमा उपचार सुरु भएको छ । जीपमा सवार ४ जनाको घटनास्थलमै मृत्यू भएको थियो भने ५ जना घाइत भएका थिए ।
महाबु गाउँपालिका–१ खरिगैरा घर भएका २८ वर्षीय चालक कर्णबहादुर मल्ल, नारायण नगरपालिका–२ जाहरकोटका २३ वर्षीय रमेशकुमार थापा, महाबु गाउँपालिका–५ काशिकाँधका २२ वर्षीय एकेन्द्र शाही, र महाबु गाउँपालिका–१ खरिगैराका २१ वर्षीय बखत थापा र तिलागुफा–६ कालिकोटका २४ वर्षीय गणेश शाहीको उपचार भइरहेको छ ।
उपचार गराइरहेका मध्ये एकेन्द्र शाही र गणेश शाहीको अवस्था गम्भीर छ । अरु ३ जनालाई कम चोट लागेको छ । जिल्लामै सक्दो प्रभावकारी उपचारको प्रयत्न गरिएको जिल्ला अस्पतालका डा. निराजन पन्तले जानकारी दिनुभयो ।
दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का ३५ वर्षीय श्रम शाही, महाबु गाउँपालिका ६ की २९ वर्षीया निर्मला शाही र पूरा ठेगाना नखुलेका अन्दाजी २६–२७ वर्षका सुर्खेत घर भएका तिलक ढकाल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिनुभयो ।
मृतकहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको पनि डीएसपी पौडेलले बताउनुभयो । सदरमुकामबाट १९ किलोमीटर टाढा महाबु गाउँपालिका–४ ओखलढुंगा गैरामा विहीवार अपरान्ह ५ बजेतिरको समयमा उकालोमा फोरबील लगाउदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको चालकले बताएका छन् ।

प्रतिक्रिया